ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
नगरपालिकामा बचत तथा ऋण सहकारी दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

काठमाडौं। सरकारले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कात्तिक २३ गते निर्णय गरे पनि बिहीवार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले...

विस्तृतमा →

विजयकुमार शाह सबभन्दा ठूला करदाता

काठमाडौं । उद्यमी विजयकुमार शाह व्यक्तिगत रूपमा सबैभन्दा बढी आयकर तिर्ने करदातामा दरिएका छन् । राष्ट्रिय कर दिवस अन्तर्गतको कर सप्ताह समापन समारोहमा सरकारले बिहीवार उनलाई सम्मान गरेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हिमालयन डिस्टिलरी लिमिटेडका संस्थापक शाहले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर त...

विस्तृतमा →

चार महीनामा साढे १२ अर्बको विद्युत् निर्यात 

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ४ महीनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको जानकारी दिएको छ ।&...

विस्तृतमा →

नेपालले दीगो र उत्तरदायी ढङ्गले जलस्रोतको उपयोग गर्नुपर्छ : सरोकारवाला

काठमाडौं । नेपालले दीगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित जलविद्युतको दीगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनका अवसरमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । सम्मेलनमा हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए)का उपकार्यकारी निर्देशक एलेन...

विस्तृतमा →

आयात घटेसँगै घट्यो व्यापार घाटा, ४ महीनामा साढे ४ खर्ब नाघ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ४ महीनामा मुलुकको कुल व्यापार घाटा साढे ४ खर्ब रुपैयाँमाथि पुगेको छ । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्म व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबर छ । गत आवको सोही अवधिको तुलनामा चालू आवमा व्यापार घाटा ३ दशमलव ३४ प्रतिशतले घटेको हो । विभा...

विस्तृतमा →

मन्त्रिपरिषद् बैठकका निर्णय: स्वीजरल्याण्ड सरकारले प्रदान ६५ करोड अनुदान स्वीकृत 

काठमाडौं । आज (विहीवार) बसेको मन्त्रिपरिषद् बैठकले स्वीजरल्याण्ड सरकारले प्रदान ६५ करोड अनुदान स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवालयले दिएको जानकारी अनुसार प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड  सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन...

विस्तृतमा →

१६ करदाता सम्मानित: सूर्य नेपाललाई दोहोरो सम्मान, धेरै आयकर तिर्नेमा नेपाल टेलिकम

काठमाडौं । आन्तरिक राजश्व विभागले १६ उत्कृष्ट करदातालाई  सम्मान गरेको छ ।  हरेक बर्ष उत्कृष्ट करदातामा पर्ने गरेको सूर्य नेपाल यस बर्ष सबैभन्दा धेरै कर तिर्ने र समयमै कर दाखिला गर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । धेरै आयकर तिर्नेमा नेपाल दूरसचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ।...

विस्तृतमा →

भैरहवा विमानस्थल सञ्चालनको  वातावरण बनाउन आग्रह

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने बताएका छन् । रूपन्देहीको भैरहवामा बुधवार शुरू भएको ‘छैटौं लुम्बिनी प्रादेशिक महोत्सव’मा उनले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजीक्षेत्रको अर्बौं रुपैयाँ लगानी जोखिम...

विस्तृतमा →

पुन:प्रयोग गरिएका बोतलबाट बनायो कोका–कोलाले राष्ट्रिय झण्डा

काठमाडौं। कोका–कोला इन्डियाले पूरै पुन:प्रयोग गरिएका पेट बोतलबाट राष्ट्रिय झण्डा बनाएको छ । आईसीसी मेन्स क्रिकेट वल्र्डकप २०२३ मा कम्पनीले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पुन:प्रयोग गरिएका पेट बोतलहरूबाट राष्ट्रिय झण्डा बनाएको हो । कोका–कोला इन्डिया र साउथवेस्ट ए...

विस्तृतमा →

पर्यटन प्रवर्द्धन गर्न सौराहामा ‘साउथ एशियन फिल्म फेस्टिवल’ हुँदै 

चितवन। चितवनको पर्यटकीय क्षेत्र सौराहामा अन्तरराष्ट्रियस्तरको फिल्म फेस्टिवल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा मङ्सिर २९ देखि पुस ३ गतेसम्म ‘साउथ एशियन फिल्म फेस्टिवल’ हुने भएको हो । चलचित्रको माध्यमबाट सौराहासहित नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको आयोज...

विस्तृतमा →