ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी विकास बैङ्क : कम्पनी विश्लेषण (बुधवार, ५ मङ्सिर २०७५)

Nov 21, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपाल राष्ट्र बैङ्कबाट ‘ख’वर्गको इजाजत प्राप्त यस कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १० करोड २७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ९० प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ५ करोड ३९ लाख कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ७९ लाख ३८ हजार खराब कर्जा उठाउन सफल भएको र खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी ४९ प्रतिशतले बढेर रू. २ अर्ब ७५ करोड पुगेको छ । कम्पनीले १९ दशमलव ३१ प्रतिशत बोनस शेयर वितरण गनेरपछि पूँजीवृद्धि भएको हो । रिजर्भ कोषमा रू. १ अर्ब ११ करोड छुट्याएको कम्पनीले हाल ७७ ओटा शाखा कार्यालयमार्फत बैङ्किङ सेवा दिँदै आएको छ । साथै, कम्पनीले २०७४/७५ को नाफाबाट १४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर ३ गते बसेको सञ्चालक समिति बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई कम्पनीको आगामी ११औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २३ अर्ब ७२ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. २१ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप २२ प्रतिशत र कर्जा प्रवाह २८ प्रतिशतले वृद्धि भएको हो । पहिलो त्रैमासमा कम्पनीको लगानी रू. ६३ करोड ६६ लाख रहेको छ ।
  • कम्पनीको खुद ब्याज आम्दानी रू. २३ करोड ३६ लाख, कर्मचारी खर्च रू. ८ करोड ३२ लाख, अन्य सञ्चालन खर्च रू. ४ करोड २२ लाख र सञ्चालन नाफा रू. १५ करोड ३० लाख रहेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी १६ प्रतिशत र सञ्चालन नाफा ८२ प्रतिशतले बढेको छ ।
  • कम्पनीको स्थिर सम्पत्ति ५० प्रतिशतले बढेर रू. ३५ करोड ७५ लाख पुगेको छ भने अन्य सम्पत्ति रू. ४४ करोड ७४ लाख रहेको छ । सम्भावित जोखिमबापतको व्यवस्थापनमा रू. १ करोड ४७ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ४६ प्रतिशत रहेको छ । पूँजीकोष लागत ८ दशमलव ८७ प्रतिशत र पूँजीकोष पर्याप्तता २० दशमलव ३० प्रतिशत रहेको छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. १४ दशमलव ९५ प्रतिशत र मूल्य आम्दानी अनुपात १३ दशमलव ५१, तरलता अनुपात २६ दशमलव ७१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ४० दशमलव ६३ रहेको छ । कम्पनीको मङ्गलवारको शेयरमूल्य रू. १ सय ९९ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • खरीद चाप : कम्पनीको मङ्गलवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी भएको छ । सो अवधिसम्म १३ हजार ६ सय ९ कित्ता शेयर खरीद र ८ हजार ५ सय ६७ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

निष्कर्ष कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम टुप्पी भएको सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने सङ्केत देखाउँछ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ०१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन २ दशमलव ०५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मङ्गलवार शेयर मूल्य रू. १ सय ९९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ९५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)