गरिमा विकास बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, ७ मङ्सिर २०७५)
Nov 23, 2018
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले कम्पनीले आव २०७५/७६ को पहिलो त्रैमाससम्ममा रू. ९ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३ गुणा बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा रू. ३ करोड ४२ लाख नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । सोही अवधिमा चुक्तापूँजी २६ दशमलव ५० प्रतिशतले बढेर रू. २ अर्ब ७८ करोड पुगेको छ । रिजर्भ कोषमा रू. ४६ करोड ४९ लाख छुट्याएको छ । कम्पनीको लगानी १ सय ५३ दशमलव ९९ प्रतिशतले बढेर रू. ६० करोड ६७ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको लगानी रू. २३ करोड ८८ लाख थियो ।
कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले असोज मसान्तसम्ममा रू. २२ अर्ब ८८ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. २० अर्ब ८१ करोड कर्जा प्रवाह भएको छ । अघिल्लो आवको तुलनामा निक्षेप ४७ प्रतिशत र कर्जा प्रवाह ४८ प्रतिशतले वृद्धि भएको हो । खुद ब्याज आम्दानी ६२ प्रतिशतले वृद्धि भई रू. ३० करोड र सञ्चालन नाफा साढे २ गुणाले बढेर रू. १३ करोड ४३ लाख पुगेको छ ।
कम्पनीले रू. ९९ लाख ८० हजार खराब कर्जा उठाउन सफल भएको छ । निष्क्रिय कर्जा शून्य दशमलव ८४ प्रतिशत रहेको छ । कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ८ करोड ८८ लाख छुट्याएको छ ।
कम्पनीको स्थिर सम्पत्ति २३ प्रतिशतले वृद्धि भई रू. २७ करोड २२ लाख र अन्य सम्पत्ति घटेर रू. ३६ करोड २७ लाख पुगेको छ । पूँजीकोष पर्याप्तता १७ दशमलव १८ प्रतिशत र पूँजीकोष लागत ८ दशमलव २२ प्रतिशत रहेको छ ।
चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १३ दशमलव १८, मूल्य आम्दानी अनुपात १३ दशमलव ६६ गुणा, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. ९ सय ७८ दशमलव ६०, तरलता अनुपात २४ दशमलव ३० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय १६ दशमलव ६७ रहेको छ । बिहीवारको शेयरमूल्य रू. १ सय ८२ कायम भएको छ ।
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा २ हजार ६ सय ५० कित्ता शेयर खरीद गर्ने माग र २ हजार ४ सय ४८ कित्ता शेयर विक्री गर्ने माग रहेको छ ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिस ट्रेण्डमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव ५८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ० दशमलव ६३ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयर मूल्य रू. १ सय ८० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ८३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ७३ मा टेवा पाउने देखिन्छ ।