ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्णिमा विकास बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, ७ मङ्सिर २०७५)

Nov 23, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आव २०७५/७६ को पहिलो त्रैमासमा कम्पनीले रू. १ करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. १ करोड ३१ लाख नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ५० लाख रहेको छ भने रिजर्भ कोषमा रू. १९ करोड ३ लाख छुट्याइएको छ । कम्पनीले ११ ओटा शाखा कार्यालयबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको छ । साथै, कम्पनीले २०७४/७५ को नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले पहिलो त्रैमासमा रू. ३ अर्ब २९ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. २ अर्ब ८२ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३० प्रतिशत र कर्जा प्रवाह ३४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको लगानी ८७ प्रतिशतले बढेर रू. ६ करोड ७ लाख रहेको छ ।
  • कम्पनीको खुद ब्याज आम्दानी रू. ३ करोड ९४ लाख, कर्मचारी खर्च रू. १ करोड १० लाख, अन्य सञ्चालन खर्च रू. ६३ लाख ४३ हजार र सञ्चालन नाफा रू. २ करोड ३६ लाख रहेको छ । कम्पनीको स्थिर सम्पत्ति ३७ प्रतिशतले बढेर रू. २ करोड ४७ लाख पुगेको छ भने अन्य सम्पत्ति १८ प्रतिशतले घटेर रू. ६ करोडमा सीमित भएको छ ।
  • कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ९२ लाख ३६ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ५६ प्रतिशत रहेको छ । पूँजीकोष लागत ७ दशमलव ६० प्रतिशत र पूँजीकोष पर्याप्तता २१ दशमलव २७ प्रतिशत रहेको छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. ११ दशमलव ४७, मूल्य आम्दानी अनुपात रू. १३ दशमलव ९५, तरलता अनुपात ३७ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३६ दशमलव २६ रहेको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. १ सय ५६ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चाप बढी देखिएको छ । सो अवधिसम्म ८ सय ३० कित्ता शेयर खरीद गर्ने माग रहेको छ भने विक्री गर्ने माग देखाएको छैन ।

निष्कर्ष कम्पनीको ४३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले शेयरमूल्य घट्ने सङ्केत गर्दछ । आरएसआई न्युट्रल जोन ३७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ३ दशमलव ३१ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १ सय ५६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ६५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ५० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)