ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय बीमा कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ९ मङ्सिर २०७५)

Nov 25, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
राष्ट्रिय बीमा कम्पनीले २०७१ साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय गर्दै आएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत हुन सक्ने प्रावधानअन्तर्गत निर्जीवन बीमा व्यवसायलाई संस्थानबाट अलग गरी छुट्टै सञ्चालन गर्दै आएको हो । आव २०७५/७६ चलिरहँदा कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थान निर्जीवन बीमा विभागको आव २०६३/६४ देखि २०६७/६८ सम्मको वार्षिक साधारणसभा असोज १९ गते सम्पन्न गरेको छ । आव २०६८/६९ को मुनाफाबाट १२० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले बीमा समितिले स्वीकृत नगर्दा अघिल्लो वर्षसम्मको मात्र साधारणसभा गरेको हो । लगानीकर्ताको चर्को आलोचनापछि कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले आगामी ६ महीनाभित्र संस्थानतर्फको बाँकीसहित कम्पनीतर्फको पहिलो वार्षिक साधारणसभा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समितिबाट वित्तीय विवरण स्वीकृतिपछि आगामी साधारणसभामा सोही प्रस्तावलाई पेश गर्ने कम्पनीको योजना छ । यसअघि कम्पनीले आव २०६०/६१ देखि २०६२/६३ सम्मको मुनाफाबाट १ सय १४ दशमलव २७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बीमा समितिको निर्देशनमा रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउनुपर्ने कम्पनीको हाल रू. २६ करोड ६६ लाख ३९ हजार रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा : वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरू राष्ट्रिय बीमा संस्थान तथा कम्पनीको आव २०७०/७१ को वार्षिक साधारणसभा तथा कम्पनीको बाह्य लेखा परीक्षण तथा नियामक निकायको निर्देशनपछि हेरफेर हुनेछ ।
  • कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ५ करोड ८ लाख ४६ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा करीब ६ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले रू. ४ करोड ८० लाख १६ हजार खुद नाफा गरेको थियो ।
  • यस त्रैमासमा गत वर्षभन्दा आम्दानी ७ प्रतिशतले कम रू. १० करोड ८३ लाख ३९ हजार र खर्च पनि १६ प्रतिशत कम रू. ५ करोड ७४ लाख ९३ हजार भएको छ ।
  • कम्पनीले गत वर्षभन्दा १२ प्रतिशत कम कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष रू. ३६ करोड ३५ लाख ३९ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ३१ करोड ९६ लाख ८५ हजार गरेको छ ।
  • पहिलो त्रैमाससम्ममा गत वर्षभन्दा करीब ७ प्रतिशत बढी रू. २ अर्ब ९ करोड ६० लाख ७७ हजार जगेडा कोष रकम रहेको छ भने २५ प्रतिशत बढी रू. १ खर्ब ३७ करोड ७७ लाख ४६ हजार बीमा कोष रहेको छ ।
  • पहिलो त्रैमासमा ३ हजार ९ सय ९९ बीमालेख जारी गरेको कम्पनीले ५ सय ६३ बीमालेख नवीकरण गरेको छ । यस त्रैमासमा गत त्रैमासभन्दा ७३ प्रतिशत कम रू. २ करोड २९ लाख ७० हजार ६५ जनालाई दाबी भुक्तानी गरेको छ । गत वर्ष कम्पनीले ५ सय ९१ जनालाई रू. ८ करोड ५० लाख ८८ हजार दाबी भुक्तानी गरेको थियो ।
  • पहिलो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ७६ दशमव २८, मूल्य आम्दानी अनुपात ५ सय २२ दशमलव ७५ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ४ सय २ दशमलव ८२ र प्रतिशेयर नेटवर्र्थ रू. ८ सय ८६ दशमलव ११ रहेको छ । कम्पनीको तरलता अनुपात २ दशमलव ७८ प्रतिशत छ । कम्पनीको बिहीवार शेयर मूल्य रू. ९ हजार ६ सय ९० कायम भएको छ ।
  • डिभिडेण्ड इल्ड रेसियो : प्रतिशेयर लाभांश (गत वर्ष)/प्रति शेयर बजार मूल्य×१००
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • विक्री चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी रहेको थियो । सो अवधिसम्म ८६ कित्ता शेयर खरीद माग रहेको थियो भने १ सय २० कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

निष्कर्ष कम्पनीको ५७ दिनको शेयर कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने सङ्केत गर्दछ । सोही अवधिको कारोबारमा आरएसआई न्युट्रल जोन ४९ दशमलव ६४ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको ट्याण्डर्ड डेभिएशन ७९ दशमलव ६४ विन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुवै रेखाभन्दा माथि छ । बिहीवारको शेयर मूल्य रू. ९ हजार ६ सय ९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १० हजार ५० मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ९ हजार ५ सयमा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)