ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, १३ मङ्सिर २०७५)

Nov 29, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले सार्वजनिक गरेको चालू आव २०७५/७६ को पहिलो त्रैमासको एनएफआरएस वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा रू. ५८ करोड २२ लाख रहेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १ सय ८ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीले रू. २७ करोड ८६ लाख नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी २ सय १२ प्रतिशत र सञ्चालन नाफा १ सय ८० प्रतिशतले वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । चुक्तापूँजी रू. ८ अर्ब ३ करोड पुर्‍याएको कम्पनीले रिजर्भ कोषमा रू. ५ अर्ब ९ करोड छुट्याएको छ । कम्पनीले जगेडा कोषको रकम गत आवको पहिलो त्रैमासको भन्दा १ सय १५ प्रतिशत बढी छुट्याएको छ । साथै, कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावका लागि कम्पनीले पुस ४ गते साधारणसभा गर्दै छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा ३२ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हाल कम्पनीका कुल शाखा सङ्ख्या २ सय ५० रहेका छन् । कम्पनीले निक्षेपकर्तालाई थप सेवा विस्तारका लागि यस वर्षभित्रै थप ५० ओटा एटीएम सञ्चालनमा ल्याउने सम्भाव्यता अध्ययन गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पहिलो त्रैमासमा कम्पनीले रू. १ खर्ब ६३ अर्ब निक्षेप सङ्कलन गरेको छ भने रू. १ खर्ब ३९ अर्ब कर्जा प्रवाह गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा निक्षेप ५७ दशमलव ५५ प्रतिशत र कर्जा प्रवाह ६० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको कुल सम्पत्ति रू. १ खर्ब ९५ अर्ब रहेको छ । गत आवको सोही अवधिको तुलनामा ६२ दशमलव ६१ प्रतिशतले वृद्धि भएको हो ।
  • कम्पनीको रू. ४ अर्ब ८१ करोड ब्याज आम्दानी भएको छ भने रू. २ अर्ब ९५ करोड ब्याज खर्च भएको छ । कम्पनीको कर्मचारी खर्च रू. ६९ करोड ६३ लाख र अन्य सञ्चालन खर्च रू. २९ करोड ९२ लाख रहेको छ । कर्मचारी खर्च गत आवको पहिलो त्रैमासको तुलनामा १ सय ६७ प्रतिशतले वृद्धि भएको हो ।
  • गत आवको पहिलो त्रैमासमा निष्क्रिय कर्जा शून्य दशमलव २९ प्रतिशत रहेकोमा चालू आवको पहिलो त्रैमासमा शून्य दशमलव २६ प्रतिशत रहेको छ । पूँजीकोष लागत ७ दशमलव १५ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ दशमलव ४८ प्रतिशत रहेको छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ७८, मूल्य आम्दानी अनुपात ११ दशमलव ९९, तरलता अनुपात २१ दशमलव ९९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ६२ दशमलव ३३ रहेको छ । बुधवारको शेयर मूल्य रू. ४ सय ७ कायम भएको छ ।
  • अर्निङ पावर रेसियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति (रू. हजारमा)
  • अर्निङ इल्ड रेसियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य×१००

  • खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म २१ हजार ८ सय ९० कित्ता शेयर खरीद माग थियो भने ४ हजार १२ कित्ता शेयर विक्री माग रहेको थियो ।

निष्कर्ष कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिस ट्रेण्डमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ५९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन २ दशमलव ३८ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ४ सय ११ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय २५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)