ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेण्ट्रल फाइनान्स : कम्पनी विश्लेषण (सोमवार, १७ मङ्सिर २०७५)

Dec 3, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
२०५४ वैशाख २ गते नेपाल राष्ट्र बैङ्कबाट कारोबारका लागि स्वीकृति पाएको सेण्ट्रल फाइनान्स कम्पनीले चालू आव २०७५÷७६ को पहिलो त्रैमासमा रू. ७३ लाख ५२ हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ सय ४३ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीले रू. २१ लाख ४० हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीले चुक्तापूँजी रू. ८२ करोड ३३ लाख पु¥याएको छ भने रिजर्भ कोषमा रू. १७ करोड ६९ लाख छुट्याएको छ । रिजर्भ कोषको रकम गत आवको तुलनामा ११ प्रतिशतले बढी हो । कम्पनीको मङ्सिर १ गते सम्पन्न वार्षिक साधारणसभाले ८ दशमलव ७६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको आगामी योजना स्रोत सङ्कलन र परिचालनको दायरा अझ फराकिलो बनाउन उपत्यकाबाहिर शाखा कार्यालय विस्तार गरी सेवा विस्तार गर्ने र कारोबारलाई आधुनिकीकरण गर्ने रहेको छ ।

कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले पहिलो त्रैमासमा रू. ३ अर्ब १८ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. २ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप १० प्रतिशत र कर्जा प्रवाह १९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको लगानी ५५ प्रतिशतले बढेर रू. २७ करोड २३ लाख रहेको छ ।
  • खुद ब्याज आम्दानी रू. २ करोड २ लाख, कर्मचारी खर्च रू. १ करोड ७ लाख, अन्य सञ्चालन खर्च रू. ५२ लाख ३० हजार र सञ्चालन नाफा रू. १ करोड ९ लाख रहेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी ६९ प्रतिशत र सञ्चालन नाफा २ सय २५ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको स्थिर सम्पत्ति १३ प्रतिशतले बढेर रू. ५ करोड ४९ लाख र अन्य सम्पत्ति ४ प्रतिशतले बढेर रू. १६ करोड ६२ लाख पुगेको छ । सम्भावित जोखिमबापतको व्यवस्थामा रू. १८ लाख ९ हजार छुट्याएको छ । गत आवको पहिलो त्रैमासमा १ दशमलव ८७ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा चालू आवको पहिलो त्रैमासमा शून्य दशमलव ७१ प्रतिशत रहेको छ । पूँजीकोष लागत १० दशमलव ४१ प्रतिशत र पूँजीकोष पर्याप्तता २८ दशमलव ५६ प्रतिशत रहेको छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ० दशमलव ८९, मूल्य आम्दानी अनुपात रू. १ सय ४१ दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. १ सय २१ दशमलव ४९ रहेको छ । आइतवारको शेयरमूल्य रू. १ सय ९ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • विक्री चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा २ हजार ३ सय ९ कित्ता शेयर विक्री गर्ने माग र २ हजार १ सय २० कित्ता शेयर खरीद गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ५२ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिसमा रिभर्स हुने सङ्केत देखाउँछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्यूट्रल जोन ३८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ० दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ सय १० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय १२ मा प्रतिरोध पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)