ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शाइन रेसुंगा डेभलपमेण्ट : कम्पनी विश्लेषण (आइतवार, २३ मङ्सिर २०७५)

Dec 9, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आव २०७५/७६ को पहिलो त्रैमासमा कम्पनीले रू. ९ करोड ६७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४८ प्रतिशत वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा रू. ६ करोड ५० लाख थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड पुगेको छ भने रिजर्भ कोषमा रू. ४२ करोड ८१ लाख छुट्ट्याएको छ । रिजर्भ कोषको रकम गत आवको सोही अवधिको तुलनामा २७ प्रतिशत वृद्धि भएको हो । कम्पनीको लगानी ३९ प्रतिशत बढेर रू. १ अर्ब ४५ करोड पुगेको छ । साथै, कम्पनीले असोज २८ गते समपन्न वार्षिक साधारणसभाले १७ दशमलव ७० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले व्यवसायको आकार वृद्धिका लागि शाखा सञ्जालको विस्तार, नयाँ व्यावसायिक योजनाको विकास, लगानीका नयाँ क्षेत्रको खोजी तथा लगानीलाई विविधीकरण गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पहिलो त्रैमासमा कम्पनीले रू. १५ अर्ब २५ करोड निक्षेप संकलन गरेको छ भने रू. १३ अर्ब ५७ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३९ प्रतिशत र कर्जा प्रवाह ४० प्रतिशत वृद्धि भएको हो ।
  • कम्पनीको खुद ब्याज आम्दानी रू. २० करोड १३ लाख, कर्मचारी खर्च रू. ३ करोड ६७ लाख, अन्य सञ्चालन खर्च रू. ३ करोड ११ लाख र सञ्चालन नाफा रू. १५ करोड १ लाख छ । गत आवको पहिलो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी ३७ प्रतिशत र सञ्चालन नाफा ५३ प्रतिशत वृद्धि भएको हो ।
  • स्थिर सम्पत्ति ४० प्रतिशत बढेर रू. २४ करोड ६२ लाख पुगेको छ । यस्तै, अन्य सम्पत्ति ९६ प्रतिशत बढेर रू. १९ करोड २३ लाख पुगेको छ । कम्पनीले सम्भावित जोखीम बापतको व्यवस्थामा रू. १ करोड ५५ लाख छुट्ट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ११ प्रतिशत छ ।
  • कम्पनी पहिलो त्रैमासमा रू. ८० हजार खराब कर्जा उठाउन सफल भएको छ । सोही अवधिमा पूँजी कोष लागत ८ दशमलव शून्य ४ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ दशमलव ५९ प्रतिशत छ ।
  • कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. २३ दशमलव ८५, मूल्य आम्दानी अनुपात ९ दशमलव ८५, तरलता अनुपात २० दशमलव ९३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय २६ दशमलव ३९ प्रतिशत छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. २ सय ३२ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • विक्री चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप बढी रहेको छ । सो अवधिसम्म ६ सय ५० कित्ता शेयर विक्री र १ सय ५७ कित्ता शेयर खरीद गर्ने माग गरेको थियो ।

निष्कर्ष कम्पनीको ५६ दिनको कारोबारबारे गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिश ट्रेण्डमा रिभर्स हुने संकेत गर्दछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ७१ विन्दुमा रहेको छ । खरीद विक्री चाप सन्तुलनमा छ । स्ट्याण्डर्ड डेभिएशन १ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखीम कम हुने हुँदा प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. २ सय ३२ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय ४७ मा प्रतिरोध र सस्तिएमा रू. २ सय ३१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)