ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेगा बैंक नेपाल : कम्पनी विश्लेषण (आइतवार, २३ मङ्सिर २०७५)

Dec 9, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
मेगा बैंकले २०६७ साउन ७ गतेदेखि व्यावसायिक कारोबार शुरू गरेको होे । १ हजार २ सय १९ जनाबाट स्थापित यो बैंकमा हाल ३ हजार १ सय ८० जना संस्थापक तथा २ लाख १८ हजार २ सय ९१ जना सर्वसाधारण शेयर सदस्य छन् । बैंकले रू. २ अर्ब ३३ करोड चुक्ता पूँजीबाट कारोबार शुरू गरेको थियो । कम्पनीले साविक पश्चिमाञ्चल डेभलपमेण्ट बैंक लिमिटेड र साविक टुरिजम डेभलपमेण्ट बैंक लिमिटेडसँग मर्ज गरी एकीकृत कारोबार गरेको छ । मर्जपछि बैंकको चुक्तापूँजी रू. ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार पुगेको थियो । मेगा बैंक र साविकको टुरिजम डेभलपमेण्ट बैंकले प्रस्ताव गरेबमोजिम दुवै कम्पनीका लगानीकर्ताका लागि आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरिएको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब २८ करोड ५५ लाख २७ हजार पुगेको छ । २८ वाणिज्य बैंकमध्ये बढी चुक्तापूँजी हुनेमा मेगा तेस्रो नम्बरमा पर्दछ । चुक्तापूँजी बढी हुनेमा कृषि विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक क्रमशः पहिलो र दोस्रो नम्बरमा पर्छन् । पुस मसान्तसम्म गत आवको वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने अवस्थामा हालसम्म पनि मेगाले गत आवको लाभांश प्रस्ताव सार्वजनिक गरेको छैन् । कम्पनीले पञ्चवर्षीय योजना तर्जुमा गर्दै आगामी ५ वर्षभित्र सातओटै प्रदेशका ७७ ओटै जिल्लामा संरचना विकास गर्ने भएको छ । यसका लागि प्रदेश केन्द्रीय कार्यालयको स्थापना र सोही अनुसारको बैंकिङ सञ्जाल निर्माण गरी बैंकिङ कारोबार अघि बढाउने योजना कम्पनीको छ ।

कम्पनीको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण हेर्दा कम्पनीले चुक्तापूँजी गत आवको तुलनामा १ सय २४ प्रतिशत बढाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५८ करोड २३ लाख १३ हजार थियो ।
  • कम्पनीले पहिलो त्रैमासमा रू. ४० करोड ४५ लाख ७३ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३ सय ९४ दशमलव ४९ प्रतिशत बढी हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा गत आवको सोही अवधिको तुलनामा ३ सय ९३ प्रतिशत बढी भएको छ । यसले पनि नाफामा उल्लेख्य वृद्धि देखिएको हो । कम्पनीको सञ्चालन नाफा गत आव रू. ११ करोड ७० लाख ८८ हजार रहेकोमा चालू वर्ष रू. ५७ करोड ७१ लाख १५ हजार भएको छ ।
  • चालू आव कम्पनीको वितरणयोग्य नाफा रू. २३ करोड ६१ लाख ९१ हजार छ । यो नाफा गत आवको तुलनामा १८९ प्रतिशत बढी हो ।
  • नाफा बढेसँगै कम्पनीको जगेडा कोषमा पनि १ सय ७ दशमलव ५३ प्रतिशत वृद्धि देखिएको छ । गत आवको पहिलो त्रैमासमा जगेडा कोष रू. १ अर्ब ३५ करोड २८ लाख ४७ हजार रहेकोमा यस आवको पहिलो त्रैमासमा रू. २ अर्ब ८० करोड ७५ लाख ६० हजार छ ।
  • चालू आवमा कम्पनीको निक्षेप संकलन गत आवको तुलनामा ६६ प्रतिशत र कर्जा प्रवाह ७४ प्रतिशत बढेको छ । चालू आवमा कम्पनीले रू. ६६ अर्ब ११ करोड ९८ लाख ७८ हजार निक्षेप संकलन गरेको छ भने रू. ६२ अर्ब २४ करोड ९६ लाख ५० हजार कर्जा प्रवाह गरेको छ ।
  • खुद ब्याज आम्दानी गत आवको भन्दा १ सय ७७ प्रतिशत बढेर रू. ९२ करोड ८१ लाख ६१ हजार पुगेको छ । चालू आवमा गत आवको भन्दा ८९ प्रतिशत बढी ब्याज आम्दानी भएको छ ।
  • कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ४४, प्रतिशेयर नेटवर्थ रू. १ सय २७ दशमलव ३० र तरलता अनुपात २२ दशमलव ६६ प्रतिशत छ ।
  • डिभिडेण्ड इल्ड रेसियो : प्रतिशेयर लाभांश (गत वर्ष)/प्रति शेयर बजार मूल्य×१००
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप २ गुणा बढी छ । उक्त समयसम्ममा ७८ हजार ५ सय १५ कित्ता शेयर खरीद र ३३ हजार ७ सय २५ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा हरामी बियरिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बियरिश ट्रेण्डमा रिभर्स हुने सङ्केत गर्दछ । आरएसआई न्युट्रल जोन (३६ दशमलव ५८ बिन्दु)मा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन १ दशमलव ३२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखीम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । यी दुई रेखाभन्दा हालको मूल्य तल छ । हालको शेयरमूल्य रू. १ सय ८६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ सय ९० मा प्रतिरोध पाउने सम्भावना छ भने मूल्य सस्तिएमा रू. १ सय ७४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)