ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंक लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, २४ मङ्सिर २०७५)

Dec 10, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
निजी क्षेत्रको पहिलो स्थापित बैंक नबिल बैंक हो । यस बैंकले न्यू बिज बिजनेश कन्क्लेभ अवार्ड–२०१८ मा बेष्ट म्यानेज्ड कमर्शियल बैंकको अवार्ड प्राप्त गर्न सफल भएको थियो । २०७४/७५ को नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १७ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चालू आव २०७५/७६ को पहिलो त्रैमासमा वितरणयोग्य नाफा रू. ९३ करोड ३१ लाख रहेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा ९ दशमलव ६१ प्रतिशतले वृद्धि भएको हो । यो नाफा गत आवको पहिलो त्रैमासमा रू. ८५ करोड १४ लाख थियो । रू. ८ अर्ब ४ करोड चुक्तापूँजी भएको कम्पनीले रिजर्भ कोषमा रू. १३ अर्ब ७९ करोड छुट्याएको छ । कम्पनीले रिजर्भ कोषको रकम गत आवको पहिलो त्रैमासको तुलनामा ९९ प्रतिशतले बढी छुट्याएको छ । कम्पनीको संस्थापक समूहतर्फ सञ्चालकको रूपमा निर्वाणकुमार चौधरी पुनः मनोनीत भएका छन् । उनले एनबी इण्टरनेशनल लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनलाई कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समिति बैठकले पदवहाली गरेको हो । कम्पनीले १ सय २६ ओटा एटीएम र ७४ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पहिलो त्रैमासमा रू. १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेको कम्पनीले रू. १ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप १६ दशमलव ३९ प्रतिशत र कर्जा प्रवाह ३१ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ अर्ब ३६ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पहिलो त्रैमासमा रू. १ अर्ब ८४ करोड आम्दानी गरेको छ । यो गत आवको तुलनामा ३५ प्रतिशतले वृद्धि भएको हो । सञ्चालन नाफा २४ प्रतिशतले बढेर रू. १ अर्ब ५० करोड पुगेको छ ।
  • पहिलो त्रैमासमा रू. ३ अर्ब ६१ करोड ब्याज आम्दानी गरेको कम्पनीको रू. १ अर्ब ७६ करोड ब्याज खर्च भएको छ । कर्मचारी खर्च २४ प्रतिशतले बढेर रू. ४९ करोड ४२ लाख पुगेको छ । पूँजीकोष लागत ५ दशमलव ६५ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ दशमलव ६३ प्रतिशत रहेको छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ३६ मूल्य आम्दानी अनुपात १८ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. २ सय ७१ दशमलव ५२ रहेको छ । आइतवारको शेयरमूल्य रू. ८ सय ५२ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • खरीद चाप : कम्पनीकोे आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म ४ हजार ६ सय १७ कित्ता शेयर खरीद र २ हजार ३ सय ९४ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

निष्कर्ष कम्पनीकोे ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा ड्र्यागन फ्लाई डोजी बुलिस आकृति बनेको छ । यस्तो आकृतिले शेयरमूल्य बुलिस ट्रेण्डमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनीयता भने समान्य रहेको छ । आरएसआई ओभरसोल्ड जोन १९ दशमलव ३६ बिन्दुमा छ । यसले शेयर विक्री चाप रहेको देखाउँछ । त्यस्तै, स्ट्याण्डर्ड डेभिएशन ६ दशमलव १७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औषत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल रहेको छ । पछिल्लो शेयर मूल्य रू. ८ सय ५२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ८९ मा प्रतिरोध पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)