ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएलजी इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, १ पुस २०७५)

Dec 16, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो त्रैमासमा कम्पनीले रू. ५ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ७४ प्रतिशत बढेको हो । कम्पनीले गत आवको सोही अवधिमा रू. ४ करोड ५५ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ४ लाख रहेको छ भने रिजर्भ कोषमा रू. १६ करोड ६३ लाख छुट्याएको छ । यो रिजर्भ कोष रकम गत आवको तुलनामा १० प्रतिशत घटेको हो । बीमा कोषमा रू. ७३ करोड ७४ लाख जम्मा भएको छ । यो रकम गत आवको तुलनामा २० दशमलव ७१ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को पहिलो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
  • पहिलो त्रैमासमा रू. ९ करोड ८५ लाख आम्दानी गरेको कम्पनीको रू. ४ करोड ६६ लाख खर्च भएको छ । आम्दानी गत आव पहिलो त्रैमासको तुलनामा १४ दशमलव ६७ प्रतिशत बढेको हो । कम्पनीले गत आवको सोही अवधिमा रू. ८ करोड ५९ लाख आम्दानी गरेको थियो । कम्पनीले महाविपत्ति कोषमा रू. ४ करोड २१ लाख छुट्याएको छ ।
  • कम्पनीले पुनर्बीमा कमिशनबाट रू. ६ करोड १५ लाख आम्दानी गरेको छ । गत आवको तुलनामा २८ प्रतिशत बढी हो । पहिलो त्रैमासमा कम्पनीले रू. ४३ करोड २८ लाख बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको जारी बीमालेखको संख्या ४१ हजार २ सय ४२ र नवीकरण गरिएको बीमालेखको संख्या ६ हजार ८ सय रहेको छ ।
  • पहिलो त्रैमासमा कम्पनीले १ हजार २ सय ४ जनालाई रू. २० करोड ८३ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ४४ जनालाई रू. ६८ करोड ५ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।
  • कम्पनीको प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ३७, मूल्य आम्दानी अनुपात २७ दशमलव २८, तरलता अनुपात १ दशमलव ८९ र प्रतिशेयर नेटवर्थ रू. २ सय ४७ दशमलव ७३ छ । बिहीवारको शेयरमूल्य रू. ७ सय ७५ कायम भएको छ ।
  • डिभिडेण्ड इल्ड रेसियो : प्रतिशेयर लाभांश (गत वर्ष)/प्रति शेयर बजार मूल्य×१००
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म १ हजार २ सय २५ कित्ता शेयर खरीद र ९ सय ३७ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६१ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन फोरप्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य घट्ने बढ्ने कुनै पनि निश्चित सङ्केत देखाउदैन । पर्ख र हेरको अवस्था सृजना गर्दछ । आरएसआई न्युट्रल जोन ३५ दशमलव ८२ विन्दुमा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्याण्डर्ड डेभिएशन ५ दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखीम कम हुने हुँदा प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्य रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ७ सय ७५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ८ सय ३ मा प्रतिरोध पाउने देखिन्छ भने सस्तिएमा रू. ७ सय ६० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)