ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बंगलादेश बैंक : कम्पनी विश्लेषण (आइतवार, १ पुस २०७५)

Dec 16, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले सार्वजनिक गरेको चालू आव २०७५/७६ को पहिलो त्रैमासको एनएफआरएस वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा रू. २२ करोड १ लाख छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४२ दशमलव ९८ प्रतिशत वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा रू. १५ करोड ४० लाख थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । रू. ८ अर्ब ८ करोड चुक्तापूँजी भएको कम्पनीले रिजर्भ कोषमा रू. ४ अर्ब ६ करोड छुट्ट्याएको छ । साथै, कम्पनीले २०७४/७५ को नाफाबाट शेयरधनीलाई १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले हाल ८० शाखा कार्यलयबाट बैंकिङ सुविधा दिएको छ । आव २०७५/७६ भित्र थप १ सयभन्दा बढी शाखा सञ्चालनमा ल्याउने कम्पनीको योजना छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले पहिलो त्रैमासमा रू. ४७ अर्ब ६ करोड निक्षेप संकलन गरेको छ भने रू. ४८ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा निक्षेप ११ प्रतिशत र कर्जा प्रवाह २२ प्रतिशत वृद्धि भएको हो ।
  • कम्पनीको रू. १ अर्ब ५७ करोड ब्याज आम्दानी र रू. ८८ करोड ५४ लाख ब्याज खर्च भएको छ । ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा २६ प्रतिशत वृद्धि भएको हो । कर्मचारी खर्च रू. २२ करोड ६२ लाख र अन्य सञ्चालन खर्च रू. ११ करोड ९० लाख रहेको छ ।
  • कम्पनीको खुद ब्याज आम्दानी रू. ६९ करोड ३ लाख र सञ्चालन नाफा रू. ४५ करोड ६ लाख रहेको छ । गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १ सय १ प्रतिशत र सञ्चालन नाफा ३८ प्रतिशत वृद्धि भएको हो । पूँजीकोष लागत ७ दशमलव ४३ र पूँजीकोष पर्याप्तता १३ दशमलव ६५ प्रतिशत रहेको छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. १४ दशमलव ९३, मूल्य आम्दानी अनुपात २० तरलता अनुपात २७ दशमलव १० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ४६ रहेको छ । बिहीवारको शेयरमूल्य रू. १ सय ९६ कायम भएको छ ।
  • डिभिडेण्ड इल्ड रेसियो : प्रतिशेयर लाभांश (गत वर्ष)/प्रति शेयर बजार मूल्य×१००
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
निष्कर्ष

कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिन लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखिँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव ४५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन १ दशमलव ९५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखीम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । यस्तो अवस्थामा १४ दिने औसत मूल्यरेखाले २६ दिने रेखालाई माथिबाट काट्यो भने मूल्य घट्छ भने २६ दिने रेखामा टेवा पाएर फर्किएमा मूल्य बढ्छ । हालको मूल्य यी दुई रेखाको बीचमा छ । पछिल्लो शेयरमूल्य रू. १ सय ९६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय १० मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ सय ८९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)