ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एशियन लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (मंगलवार, ३ पुस २०७५)

Dec 18, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बीमा व्यवसाय सञ्चालनका लागि नियामक निकाय बीमा समितिबाट २०६४ फागुन १५ गते अनुमति पाएको एशियन लाइफले सोही वर्षको चैत २१ देखि विधिवत कारोबार सञ्चालन गरेको हो । यो कम्पनी बीमा समितिबाट जीवन बीमा व्यवसायका लागि स्वीकृति पाउने पहिलो कम्पनी रहेको छ । आव २०७५/७६ को पहिलो त्रैमासमा कम्पनीले रू. १ करोड ६९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड ५८ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड रहेको छ । जीवन बीमा कम्पनीले चुक्तापूँजी रू. २ अर्ब पु¥याउनुपर्ने हुन्छ । कम्पनीले पूँजी वृद्धिका लागि १ बराबर शून्य दशमलव ६ (१ः०.६) अनुपातमा हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा मंसीर १९ गते निवेदन दिएको छ । कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर जारी गर्न निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयर जारीपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड पुग्नेछ । अधिकांश बीमा कम्पनीले तोकिएको अवधिमा चुक्तापूँजी पुर्‍याउने सम्भावना कम देखिएकाले बीमा समितिले आगामी असार मसान्तसम्ममा पूँजी वृद्धिका लागि अवधि थप गर्ने तयारी गरेको छ । हालसम्ममा कम्पनी २८ ओटा शाखा तथा ७२ ओटा उपशाखामार्फत देशव्यापी रूपमा बीमासेवा विस्तार गर्न सफल भएको छ ।

कम्पनीले सार्वजनिक गरेको आव २०७५/७६ र २०७४/७५ को त्रैमासिक वित्तीय विवरणबीच तुलना गर्दा :
  • कम्पनीले रिजर्भ कोषमा रू. २६ करोड ६८ लाख छुट्याएको छ । दीर्घकालीन लगानी तथा कर्जा रू. १२ अर्ब ८० करोड रहेको छ । कम्पनी रू. ६८ करोड ९२ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस त्रैमासको अन्त्यसम्ममा जीवन बीमा कोष रू. १३ अर्ब ८८ करोड पुगेको छ । कम्पनीले हालसम्ममा २८ ओटा शाखा तथा ७२ ओटा उपशाखामार्फत देशव्यापी रूपमा सेवा विस्तार गर्न सफल भएको छ ।
  • कम्पनीले रू. १४ करोड ७ लाख आम्दानी गर्दा रू. १२ करोड ३८ लाख खर्च भएको छ । कम्पनीले ३ हजार २ सय ९१ जनालाई रू. ९४ करोड ५० लाख दाबी भुक्तानी गरेको छ । ८६ जनालाई रू. १ करोड ७० लाख भुक्तानी हुन बाँकी छ ।
  • पहिलो त्रैमासको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. १ दशमलव ३५, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. १ हजार २ सय ५४ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. १ सय २१ दशमलव २४ रहेको छ । सोमवारको शेयरमूल्य रू. ५ सय ४८ कायम भएको छ ।
  • डिभिडेण्ड इल्ड रेसियो : प्रतिशेयर लाभांश (गत वर्ष)/प्रति शेयर बजार मूल्य×१००
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म ८ हजार ४ सय ५२ कित्ता शेयर खरीद र ३ सय ५७ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

निष्कर्ष कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृपतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ९५ बिन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन १८ दशमलव ३१ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ५ सय ४८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ७० मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ४ सय ५५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)