ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुराँस लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (मंगलवार, ३ पुस २०७५)

Dec 18, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आव २०७५/७६ को पहिलो त्रैमासमा कम्पनीले रू. २ करोड ४३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ८ दशमलव ५४ प्रतिशतले कम हो । कम्पनीले गत आवको सोही अवधिमा रू. २ करोड ६६ लाख नाफा कमाएको थियो । कम्पनीको रिजर्भ कोषमा रू. २८ करोड ७२ लाख छुट्याएको छ । यो रिजर्भ कोष रकम गत आवको तुलनामा ३१ दशमलव ७३ प्रतिशत बढेको हो । कम्पनीको बीमा कोषमा रू. ४ अर्ब ५८ करोड रकम जम्मा भएको छ । यो रकम गत आवको तुलनामा ३८ दशमलव ३१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ५९ करोड ४० लाख रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीलाई चुक्तापूँजी रू. २ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । साहीअनुसार कम्पनीले पूँजी वृद्धिका लागि २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्न २०७४ चैत १९ गते सेबोनबाट स्वीकृति पाएको छ । कम्पनीले रू. १ सय अंकित दरको २९ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । यो हकप्रद शेयर निष्कासन र बाँडफाँटपछि पूँजी रू. ८९ करोड १० लाख पुग्नेछ ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को पहिलो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
  • पहिलो त्रैमासमा रू. ३ करोड ३० लाख आम्दानी गरेको कम्पनीको रू. ८६ लाख ९४ हजार खर्च भएको छ । आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा १ दशमलव शून्य ६ प्रतिशत कम हो । कम्पनीले गत आवको सोही अवधिमा रू. ३ करोड ३४ लाख आम्दानी गरेको थियो । महाविपत्ति कोषमा रू. ३ करोड ४८ लाख छुट्याएको छ ।
  • आगामी दिनमा सेवाग्राहीलाई उच्चस्तरीय सेवा प्रदान गर्दै देशका सम्पूर्ण जिल्लामा बीमासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरी दक्ष बीमा अभिकर्ता उत्पादनका साथै सबै क्षेत्रमा बीमाको पहुँच पु¥याउने लक्ष्य कम्पनीले लिएको छ ।
  • पहिलो त्रैमासमा कम्पनीले रू. ६ अर्ब २४ करोड बीमा शुल्क आर्जन गरेको छ । पहिलो त्रैमासमा कम्पनीले २ सय ५१ जनालाई रू. ४ करोड ९९ लाख दाबी भुक्तानी गरेको छ भने १९ जनालाई रू. ३२ लाख ९१ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
  • कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ४२, मूल्य आम्दानी अनुपात ४६ दशमलव ५३ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५४ दशमलव २३ रहेको छ । सोमवार शेयरमूल्य रू. ६ सय ३४ कायम भएको छ ।
  • डिभिडेण्ड इल्ड रेसियो : प्रतिशेयर लाभांश (गत वर्ष)/प्रति शेयर बजार मूल्य×१००
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म ६ हजार ७ सय ४० कित्ता शेयर खरीद र १ सय कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

निष्कर्ष कम्पनीको ५४ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ४२ दशमलव ३० विन्दुमा रहेको छ । खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्याण्डर्ड डेभिएशन १२ दशमलव ६२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा जोखिम कम हुने हुँदा प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यरेखाबीच रहेको छ । पछिल्लो शेयर मूल्य रू. ६ सय ३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७ सय १४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय ७३ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)