प्रभु बैंक : कम्पनी विश्लेषण (शुक्रवार, ६ पुस २०७५)
Dec 21, 2018
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलोे त्रैमासमा एनएफआरएस वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा रू. ३४ करोड ३१ लाख रहेको छ । गत आवको सोही अवधिको तुलनामा १ सय ५६ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा वितरणयोग्य नाफा रू.२५ करोड ७ लाख थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू.८ अर्ब २३ करोड रहेको छ । रिर्जभ कोषमा रू.४ अर्ब ८५ करोड छुट्ट्याएको छ । यो रकम गत आवको तुलनामा २२ प्रतिशतले बढी छुट्ट्याएको हो । हालसम्म कम्पनीका १ सय ६२ ओटा शाखा कार्यालय, नौओटा एक्सटेन्सन काउण्टर र १२३ ओटा एटीएम रहेका छन् ।
बैङ्कको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १ खर्ब ३ अर्ब निक्षेप संकलन गरेको छ भने रू.८६ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा निक्षेप २४ प्रतिशत र कर्जा प्रवाह २८ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको पहिलो त्रैमासमा रू. ७६ करोड ६४ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू.१ अर्ब १३ करोड गरेको छ । गत आवको सोही अवधिको तुलनामा ४७ दशमलव ९१ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको कर्मचारी खर्च रू. ४३ करोड ७४ लाख भएको छ । अन्य सञ्चालन खर्च रू.२५ करोड १२ लाख रहेको छ । सञ्चालन नाफा रू. ८१ करोड ७२ लाख रहेको छ । गत आवको सोही अवधिको तुलनामा ८५ दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो ।
निष्क्रिय कर्जा २ दशमलव ५१ प्रतिशत, पूँजीकोष लागत ६ दशमलव १८ प्रतिशत र पूँजीकोष पर्याप्तता ११ दशमलव ७८ प्रतिशत रहको छ ।
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. २९ दशमलव शून्य ७, मूल्य आम्दानी अनुपात ८ दशमलव २९, तरलता अनुपात २३ दशमलव शून्य २ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ५९ दशमलव ०१ रहेको छ । मंगलवारको शेयरमूल्य रू. २ सय ४८ कायम भएकोे छ ।
कम्पनीको अर्निङ पावर रेशियो : ०.००५३
अर्निङ यिल्ड रेशियो : ११.६७ प्रतिशत
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको बुधवार भएको कारोबारको अन्तिम समयसम्म विक्री चाप को तुलनामा खरीद चाप बढी छ । सो समयसम्म ३६ हजार १ सय ४२ कित्ता शेयर खरीद र १९ हजार ४ सय ९३ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा क्लोजिङ ब्ल्याक मारूबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले शेयरमूल्य घट्ने सङ्केत गर्छ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्यूट्रल जोन ६१ दशमलव ५१ बिन्दुमा छ । यसले शेयर किनबेच सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै कम्पनीको स्ट्यान्डर्ड डेभिएसन कम्पनीको २ दशमलव ६५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्य रेखा र १४ दिने औसत मूल्य रेखा एकआपसमा नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू.२ सय ४९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ५३ मा प्रतिरोध पाउने र सस्तिएमा रू.२ सय ४५ मा टेवा पाउने देखिन्छ ।