ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राइम कर्मशियल बैंक : कम्पनी विश्लेषण (शुक्रवार, ६ पुस २०७५)

Dec 21, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो त्रैमाससम्ममा एनएफआरएस वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा रू.४२ करोड ८२ लाख रहेको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २५ प्रतिशतले वृद्धि भएको हो । सोही अवधिमा नाफा रू.३४ करोड १७ लाख थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी २७ प्रतिशतले बढेर रू. ८ अर्ब ३ करोड पुगेको छ । २७ प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी रू. ८ अर्ब पुगेको हो । रिर्जभ कोषमा रू.३ अर्ब ९७ करोड छुट्ट्याएको छ । गत आवको सोही अवधिको तुलनामा ६ प्रतिशत बढी छुट्ट्याएको हो । यस बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सैद्धान्तिक सहमति भएको छ । यसले हालसम्म ६६ ओटा शाखा कार्यालयबाट बैंकिङ सुविधा दिएको छ ।

कम्पनीकोे चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पहिलो त्रैमाससम्ममा कम्पनीले रू.७६ अर्ब ३३ करोड निक्षेप संकलन गरेको छ भने रू.७२ अर्ब ३३ करोड कर्जा भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ११ प्रतिशत र कर्जा प्रवाह २१ प्रतिशतले वृद्धि भएको हो ।
  • कम्पनीले रू. २ अर्ब ४८ करोड ब्याज आम्दानी गरेको छ भने रू.१ अर्ब ५१ करोड ब्याज खर्च भएको छ । गत आवको पहिलो त्रैमासमा रू.१४ करोड ८१ लाख कर्मचारी खर्च भएकोमा चालू आवको पहिलो त्रैमासमा रू.१८ करोड ९५ लाख भएको छ । गत आवको तुलनामा २७ दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो ।
  • रू. ९७ करोड २ लाख खुद ब्याज आम्दानी भएको छ । सञ्चालन नाफा रू.८३ करोड १२ लाख रहेको छ । निष्क्रिय कर्जा १ दशमलव ४१ प्रतिशत, पूँजीकोष प्रयाप्पतता १२ दशमलव १७ र पूँजीकोष लागत ७ दशमलव ८० प्रतिशत रहेको छ ।
  • कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू.२८ दशमलव ९८, मूल्य आम्दानी अनुपात ११ दशमलव ४६ गुणा, तरलता अनुपात २० दशमलव ४४ प्रतिशत, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू.१ हजार १ सय ४२ दशमलव १७ र प्रतिशेयर शेयर नेटवर्थ रू.१ सय ४९ दशमलव ४९ रहेको छ ।
  • डिभिडेन्ड यिल्ड रेशियो : ८.३३ प्रतिशत
  • अर्निङ पावर रेशियो : ०.००४ गुणा
  • अर्निङ यिल्ड रेशियो : ८.९४ प्रतिशत
प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म १० हजार ५७ कित्ता खरीद र ६ हजार ८ सय ७३ कित्ता शेयर विक्री गर्ने माग रहेको छ ।

निष्कर्ष कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा ब्ल्याक ओपनिङ मारूबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्न सक्ने सम्भावनालाई औंल्याउँछ । आरएसआई न्यूट्रल जोन ५८ दशमलव ९६ बिन्दुमा छ । यसले शेयर किनबेच सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै कम्पनीको स्ट्यान्डर्ड डेभिएसन कम्पनीको ४ दशमलव ५३ बिन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक आपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू.३ सय २४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ३५ मा प्रतिरोध पाउने र सस्तिएमा रू.३ सय १७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)