२७औं वाणिज्य बैंकको रूपमा स्थापित जनता बैंक नेपालले गत आवको मुनाफाबाट शेयरधनी सदस्यलाई ८ दशमलव ५० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । आगामी साधारणसभाले पारित गरेपछि कम्पनीले उक्त लाभांश वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकले तोकेबमोजिम चुक्तापूँजी पुर्याइसकेको यस कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३२ करोड १९ लाख ५४ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ९९ दशमलव ४८ प्रतिशत बढी हो । यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा भने रू. २५ करोड ५९ लाख ९७ हजार रहेको छ । यो नाफामा गत वर्षभन्दा २९५ प्रतिशत बढोत्तरी भएको हो । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब रहेको छ । रिजर्भ कोषमा रू. २ अर्ब ३४ करोड छुट्याएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १७ दशमलव ९६ प्रतिशत वृद्धि भएको हो । कम्पनीका हालसम्ममा १ सय २६ ओटा शाखा कार्यालय र ६५ ओटा एटीएम रहेका छन् ।
कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
पहिलो त्रैमाससम्ममा रू. ६२ अर्ब ८८ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. ५८ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप २० प्रतिशत र कर्जा प्रवाह २३ प्रतिशतले वृद्धि भएको छ ।
पहिलो त्रैमासमा रू. १ अर्ब ९९ करोड ब्याज आम्दानी भएको छ भने रू. १ अर्ब २० करोड ब्याज खर्च भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १८ करोड २० लाख कर्मचारी खर्च भएकोमा चालू आवको पहिलो त्रैमासमा रू. २७ करोड १७ लाख खर्च भएको छ । गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशतले वृद्धि भएको हो ।
खुद ब्याज आम्दानी ५५ प्रतिशतले वृद्धि भई रू. ७९ करोड ५० लाख र सञ्चालन नाफा ९९ प्रतिशतले बढेर रू. ४५ करोड ९९ लाख पुगेको छ । गत आवको पहिलो त्रैमासमा १ दशमलव ६५ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आवको पहिलो त्रैमासमा १ दशमलव ५४ प्रतिशत रहेको छ । पूँजीकोष लागत ७ दशमलव ७३ प्रतिशत र पूँजीकोष पर्याप्तता १४ दशमलव ३७ प्रतिशत रहेको छ ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. १६ दशमलव १०, मूल्य आम्दानी अनुपात ११ दशमलव, तरलता अनुपात २२ दशमलव १९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय २९ दशमलव ३२ रहेको छ । बिहीवारको शेयरमूल्य रू. १ सय ७८ कायम भएको छ ।
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिममा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले शेयरमूल्य बुलिस ट्रेण्डमा रिभर्सल हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्युट्रल जोन ४२ दशमलव २७ बिन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएसन २ दशमलव ०९ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । यी दुई रेखाको बीचमा छ । बिहीवारको शेयर मूल्य रू. १ सय ७८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ८२ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १ सय ७२ मा टेवा पाउने देखिन्छ ।