ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ बैंक : कम्पनी विश्लेषण (आइतवार, ८ पुस २०७५)

Dec 23, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
सन् २००२ मा स्थापित यस कम्पनीले आफ्नो व्यावसायिक यात्रामा लगातार सफलता हासिल गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट लगानीकर्ताका लागि ५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । कम्पनीले लाभांशलगायत विविध प्रस्ताव पारितका लागि पुस २३ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ९ गते १ दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम सदस्यले साधारणसभामा सहभागी हुन पाउने कम्पनीले जानकारी दिएको छ । हाल कम्पनीको रू. १ हजार मूल्यको २२ लाख ५० हजार कित्ता ऋणपत्र विक्रीमा रहेको छ । कम्पनीले ७ वर्षे अवधिको १० दशमलव ५ प्रतिशत ब्याजदर कायम गरी एसबीएल डिबेन्चर २०८२, ऋणपत्र जारी गरेको हो । मंसिर २३ गतेदेखि विक्री खुला भएको यो ऋणपत्र खरीदका लागि पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म ऋणपत्र खरीदका लागि दरखास्त गर्न पाउने व्यवस्था छ ।

कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार चुक्तापूँजी पु¥याएको छ । गत वर्ष बोनस र हकप्रद जारी गरी कम्पनीले पूँजी वृद्धि गरेको छ ।
  • यस वर्षको पहिलो त्रैमासमा रू. ५२ करोड ५० लाख ७५ हजार खुद नाफा गरेको कम्पनीको वितरण योग्य नाफा रू. ३१ करोड १५ लाख ८९ हजार रहेको छ । खुद नाफामा गत वर्षभन्दा ४३ प्रतिशतले र वितरण योग्य नाफामा १३८ प्रतिशतले वृद्धि भएको छ ।
  • कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा साढे १६ प्रतिशत बढेको छ । गत वर्षको पहिलो त्रैमासमा रू. ४ अर्ब ८२ करोड ७६ लाख २८ हजार रहेको जगेडा कोष रकम यस वर्षको पहिलो त्रैमासमा रू. ५ अर्ब ६२ करोड ७७ लाख २९ हजार रहेको छ ।
  • कम्पनीले पहिलो त्रैमासमा गत वर्षभन्दा २८ दशमलव ७४ प्रतिशत बढी रू. १ खर्ब २५ करोड ३१ लाख ४० हजार निक्षेप संकलन गरेको छ भने ३० प्रतिशत बढी रू. ९० अर्ब ६७ करोड ५ लाख १२ हजार कर्जा प्रवाह गरेको छ ।
  • गत वर्षभन्दा करीब १ सय २२ प्रतिशत बढी रू. ३ अर्ब ७ करोड ७३ लाख ८२ हजार ब्याज आम्दानी गरेको कम्पनीले गत वर्षभन्दा १ सय ८३ दशमलव ५१ प्रतिशत बढी रू. १ अर्ब ८३ करोड ५४ लाख ८ हजार ब्याजमा खर्चिएको छ ।
  • पूँजीकोष लागत ७ दशमलव २० प्रतिशत रहेको कम्पनीको पूँजीकोष पर्याप्तता १२ दशमलव शून्य ६ प्रतिशत रहेको छ ।
  • निष्क्रिय कर्जा १ दशमलव ४० प्रतिशत रहेको छ । गत वर्ष २ दशमलव शून्य १ प्रतिशत रहेको थियो ।
  • पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा, मूल्य आम्दानी अनुपात १३ दशमलव ५८ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ हजार ४ सय ४ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ६६ रुपैयाँ ४९ पैसा र तरलता अनुपात २१ दशमलव ७३ रहेको छ ।
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
निष्कर्ष

कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिममा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले शेयरमूल्य बुलिस ट्रेण्डमा रिभर्सल हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ०२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएसन ३ दशमलव १८ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । यी दुई रेखाभन्दा हालको मूल्य माथि छ । बिहीवारको शेयर मूल्य रू. ३ सय १४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय २२ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ३ सय २ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)