ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसीसी बैंक : कम्पनी विश्लेषण (बुधवार, ११ पुस २०७५)

Dec 26, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपाल क्रेटिड एन्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको चालू आवको पहिलो त्रैमासमा वितरणयोग्य नाफा रू. २८ करोड ४ लाख छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ७० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. १६ करोड ४५ लाख नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ६८ करोड छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गरेपछि पूँजी रू. ४ अर्ब पुगेको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्तापूँजी रू. ८ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले तोकेको चुक्तापूँजी अझै पुगेको छैन । पहिलो त्रैमासमा कम्पनीले रिजर्भ कोषमा रू. ४ अर्ब ९० करोड छुट्याएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३९ प्रतिशत बढी हो ।

कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पहिलो त्रैमासमा कम्पनीले रू. ६२ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ भने रू. ५७ अर्ब ३० करोड कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा निक्षेप १ प्रतिशत र कर्जा प्रवाह १९ प्रतिशत बढी हो ।
  • रू. २ अर्ब ३ करोड ब्याज आम्दानी हुँदा रू. १ अर्ब २२ करोड ब्याज खर्च भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १९ करोड ७७ लाख कर्मचारी खर्च भएकोमा चालू आवको पहिलो त्रैमासमा रू. ३० करोड ६२ लाख खर्च भएको छ । गत आवको सोही अवधिको तुलनामा कर्मचारी खर्च ८० प्रतिशत बढेको छ ।
  • खुद ब्याज आम्दानी १ सय ३२ प्रतिशत बढेर रू. ८० करोड ८० लाख र सञ्चालन नाफा ८० प्रतिशत बढेर रू. ६१ करोड ३० लाख पुगेको छ । निष्क्रिय कर्जा ३ दशमलव ६९ प्रतिशत, पूँजीकोष लागत ७ दशमलव ८८ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ दशमलव ६७ प्रतिशत छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ४० दशमलव ०५, मूल्य आम्दानी अनुपात ५ दशमलव ३९, तरलता अनुपात २२ दशमलव २५ र प्रतिशत नेटवर्थ रू. २ सय ५ दशमलव ०४ छ । मंगलवारको शेयरमूल्य रू. २ सय १४ कायम भएको छ ।
  • डिभिडेण्ड इल्ड रेसियो : प्रतिशेयर लाभांश (गत वर्ष)/प्रति शेयर बजार मूल्य×१००
  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
  • खरीद चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म ४७ हजार ४ सय ५६ कित्ता शेयर खरीद गर्ने माग र १८ हजार ८ सय ८६ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा क्लोजिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५३ दशमलव २३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन २ दशमलव २२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. २ सय १४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय २१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय १० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)