ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, १२ पुस २०७५)

Dec 27, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले चालू आव २०७५/७६ को पहिलो त्रैमासमा रू. ४ करोड ४७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६८ दशमलव ९९ प्रतिशत बढी हो । कम्पनीले गत आवको सोही अवधिमा रू. २ करोड ६५ लाख नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा ८५ दशमलव ९७ प्रतिशत वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ६१ करोड ७३ लाख छ । कम्पनीले रू. ४ दशमलव ५२ प्रतिशत बोनस शेयर वितरण र शत प्रतिशत हकप्रद शेयर जारी गरेपछि चुक्तापूँजी रू. ६१ करोड ७३ लाख पुगेको हो । शत प्रतिशत हकप्रद शेयर र बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्तापूँजीको ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा कम्पनी छ । कम्पनीले मङ्सिर ५ गते धितोपत्र बोर्डमा ४० लाख १४ हजार ६ सय ५१ दशमलव ५८ कित्ता हकप्रद शेयर जारी गर्न निवेदन दिएको छ । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १ करोड पुग्नेछ ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को पहिलो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
  • कम्पनीले रिजर्भ कोषमा रू. २६ करोड ५१ लाख छुट्याएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६५ प्रतिशत बढी हो । कम्पनीले बीमा कोषमा रू. २० करोड ८६ लाख जम्मा गरेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ३९ प्रतिशत बढी हो ।
  • कम्पनीको खुद चालू सम्पत्ति रू. ६३ करोड ६६ लाख छ । पहिलो त्रैमासमा कम्पनीले रू. ८ करोड ४० लाख आम्दानी गर्दा रू. ३ करोड ९३ लाख खर्च भएको छ । पुनर्बीमा कमिशनबाट रू. ४ करोड ९५ लाख आम्दानी भएको छ ।
  • कम्पनीले रू. ३२ करोड १३ लाख बीमा शुल्क आर्जन भएको छ । यो रकम गत आवको पहिलो त्रैमासको तुलनामा ५१ प्रतिशत बढी हो । जारी बीमालेखको संख्या ३८ हजार १ सय १० र नवीकरण गरिएको बीमालेखको संख्या १ हजार ४ सय ३६ छ ।
  • कम्पनीले ३ सय ६ जनालाई रू. ८ करोड ३० लाख दाबी भुक्तानी गरेको छ भने १ हजार ८ सय ७९ जनालाई रू. १ अर्ब ४ करोड दाबी भुक्तानी गर्न बाँकी छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ७ दशमलव २५, मूल्य आम्दानी अनुपात ७४ दशमलव ३४ र प्रतिशेयर नेटवर्थ रू. १ सय ७६ दशमलव ७० छ । बुधवारको शेयरमूल्य रू. ५ सय ८४ कायम भएको छ ।
  • डिभिडेण्ड यिल्ड रेशियो : ०.७७%
  • अर्निङ पावर रेशियो : ०.०४१ गुणा
  • अर्निङ यिल्ड रेशियो : . १.२४%
  • खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । यस अवधिसम्म ४२ हजार ६ कित्ता शेयर खरीद र ४ हजार २ सय ६३ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । कम्पनीको आरएसआई न्युट्रल जोन ६४ दशमलव २६ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । त्यस्तै, स्ट्याण्डर्ड डेभिएशन १८ दशमलव १९ विन्दुमा छ । यसले उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखा एकअर्कासँग टाढिंदै गएका छन् । हालको शेयरमूल्य यी दुई रेखाभन्दा माथि छ । पछि शेयरमूल्य रू. ५ सय ८४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सयमा प्रतिरोध र मूल्य सस्तिएमा रू. ५ सय ६० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)