ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सगरमाथा इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, १२ पुस २०७५)

Dec 27, 2018  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
सेलिन्को इन्स्योरेन्स पीएलसी श्रीलंकाको संयुक्त लगानीमा २०५३ साल साउनदेखि कारोबार शुरू गरेको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कारोबार शुरू गरेको २२ वर्ष पूरा भएको छ । स्थापना कालदेखि नै ‘बिग अर स्मल सेक्युरिटी फर अल’ भन्ने नाराका साथ सबै वर्गका बीमितहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले केन्द्रीय र कर्पोरेट कार्यालयसँगै मुलुकका विभिन्न स्थानमा ६८ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । बीमा समितिले रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउन दिएको निर्देशनबमोजिम कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को मुनाफाबाट एकमुष्ट बोनस शेयर जारी गरी तोकेबमोजिम चुक्तापूँजी पुर्‍याउने योजना अघि सारेको छ । तर, हालसम्म पनि कम्पनीले उक्त बोनस प्रस्ताव गरेको छैन । बीमा समितिले आगामी असार मसान्तसम्मको समय पूँजीवृद्धिका लागि उपलब्ध गराउने व्यवस्थाले कम्पनीलाई थप राहत मिलेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ८२ लाख ९२ हजार छ । बीमा समितिको निर्देशनअनुसार कम्पनीले रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउनुपर्नेछ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू. ३ करोड ६९ लाख ४० हजार खुद नाफा आर्जन गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीले रू. ३ करोड २६ लाख ९७ हजार नाफा कमाएको थियो । खुद नाफा गतवर्षको तुलनामा करीब १३ प्रतिशत बढेको छ ।
  • हाल रू. ५३ करोड ८२ लाख ९२ हजार चुक्तापूँजी रहेको यस कम्पनीले गतवर्षको तुलनामा चुक्तापूँजी भने बढाएको छैन ।
  • जगेडा कोष रकम १ सय २२ प्रतिशत बढेको छ । गतवर्षको पहिलो त्रैमासमा रू. २५ करोड १० लाख १० हजार रहेको जगेडा कोष रकम यस वर्षको पहिलो त्रैमासमा रू. ५५ करोड ७२ लाख ७१ हजार छ ।
  • कम्पनीको बीमाकोष रकम रू. ४८ करोड ८७ लाख ९१ हजार छ । यो रकम गतवर्ष र यस वर्ष बराबर छ ।
  • कम्पनीले दीर्घकालीन लगानी तथा कर्जामा उल्लेख्य वृद्धि गरेको छ । गतवर्ष रू. १० करोड ४० लाख ७२ हजार लगानी तथा कर्जा रहेकोमा यस वर्ष यो रकम रू. ४४ करोड २७ लाख १७ हजार छ ।
  • आम्दानी गतवर्षभन्दा १४ प्रतिशत बढी अर्थात् रू. ६ करोड ३७ लाख २१ हजार छ भने खर्च १५ प्रतिशत बढी अर्थात् रू. २ करोड ६७ लाख ८१ हजार छ ।
  • गतवर्ष पहिलो त्रैमासमा २१ हजार १ सय ५ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष ३१ हजार ७ सय ८४ बीमालेख जारी गरेको छ । यो गतवर्षको तुलनामा ५० प्रतिशत बढी हो ।
  • कुल बीमाशुल्क आर्जन रकम गतवर्षभन्दा ३७ प्रतिशत बढी रू. ६० करोड ५८ लाख २२ हजार र कुल दाबी भुक्तानी १६ प्रतिशत बढी रू. २६ करोड २० लाख ३७ हजार छ ।
  • पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ६६, मूल्य आम्दानी अनुपात रू. १ सय ९८ दशमलव १९, प्रतिशेयर नेटवर्थ रू. ३ सय ९ दशमलव ९, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ७ सय ४ दशमलव ४२ र तरलता अनुपात २ दशमलव शून्य ६ प्रतिशत छ । बुधवारको शेयरमूल्य रू. १ हजार ३ सय ५० कायम भएको छ ।
  • डिभिडेण्ड यिल्ड रेशियो : १.६२ प्रतिशत
  • अर्निङ पावर रेशियो : ०.०२२ गुणा
  • अर्निङ यिल्ड रेशियो : ०.४९ प्रतिशत
  • खरीद चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । यस अवधिसम्म ५ सय ९३ कित्ता शेयर खरीद र ४ सय २ कित्ता शेयर विक्री गर्ने माग छ ।

निष्कर्ष कम्पनीको ५५ दिनको शेयर कारोबारको विश्लेषण गर्दा अन्तिम दिन ह्वाइट क्लोजिङ मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्छ । सोही अवधिको कारोबारमा आरएसआई न्युट्रल जोन ५७ दशमलव ९७ स्केलमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २८ दशमलव ३३ विन्दुमा छ । यस अवधिमा उतारचढाव सामान्य छ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य यी दुवै रेखाभन्दा माथि छ । यदि हालको मूल्य रू. १ हजार ३ सय ५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ३ सय ५६ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा १ हजार २ सय ७२ मा टेवा पाउन सक्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)