सेञ्चुरी कमर्शियल बैङ्क : कम्पनी विश्लेषण (आइतवार, १५ पुस २०७५)
Dec 30, 2018
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले आव २०७४/७५ को पहिलो त्रैमाससम्ममा रू. २७ करोड ४० लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २ गुणा बढी हो । कम्पनीले गत आवको सोही अवधिमा रू. १३ करोड ३८ लाख नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । सोही अवधिमा चुक्तापूँजी ४७ दशमलव ६६ प्रतिशत बढेर रू. ८ अर्ब ६ करोड पुगेको छ । रिजर्भ कोषमा रू. १ अर्ब ३८ करोड छुट्याएको छ । कम्पनीको धितोपत्रमा लगानी ५५ दशमलव १७ प्रतिशत बढेर रू. ५ अर्ब ३७ करोड पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको लगानी रू. ३ अर्ब ४६ करोड थियो ।
कम्पनीको गत आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले असोज मसान्तसम्ममा रू. ६२ अर्ब ३७ करोड निक्षेप संकलन गरेको छ । सोही अवधिमा कम्पनीले रू. ५७ अर्ब ५४ करोड बराबरको कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा निक्षेप ३७ दशमलव ५३ प्रतिशत र कर्जा प्रवाह ४४ दशमलव ३३ प्रतिशत वृद्धि भएको हो ।
खुद ब्याज आम्दानी ७२ दशमलव १९ प्रतिशत वृद्धि भई रू. ८० करोड १५ लाख पुगेको छ । साथै, गत आवको पहिलो त्रैमासमा रू. १९ करोड ११ लाख रहेको सञ्चालन नाफा चालू आवको सोही अवधिमा २ गुणा बढेर रू. ३९ करोड १४ लाख पुगेको हो ।
निष्क्रिय कर्जा शून्य दशमलव ८२ प्रतिशत रहेको छ । कम्पनीको अन्य सम्पत्ति घटेर रू. १ अर्ब ८० करोड पुगेको छ । पूँजीकोष पर्याप्तता १४ दशमलव २५ प्रतिशत र पूँजीकोष लागत ८ दशमलव १ प्रतिशत रहेको छ ।
चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १३ दशमलव ५९, मूल्य आम्दानी अनुपात १९ दशमलव २३ गुणा, प्रतिशेयर कूल सम्पत्ति मूल्य रू. ९ सय २८ दशमलव १६, तरलता अनुपात २२ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय १७ दशमलव १५ रहेको छ । कम्पनीको बिहीवारको शेयरमूल्य रू. १ सय ७७ कायम भएको छ ।
डिभिडेन्ड यिल्ड रेशियो : २.८२ प्रतिशत
अर्निङ पावर रेशियो : ०.००३ गुणा
अर्निङ यिल्ड रेशियो : ७.६७ प्रतिशत
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । यस अवधिसम्म ५ हजार ५ सय ८५ कित्ता शेयर खरीद र १४ हजार ८ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ६४ बिन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ८५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि रहेको छ । बिहीवारको शेयरमूल्य रू. १ सय ७७ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ सय ८० मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ सय ७५ मा टेवा पाउने देखिन्छ ।