ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिलिमे हाइड्रोपावर कम्पनी : कम्पनी विश्लेषण (बुधवार, १८ पुस २०७५)

Jan 2, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चालू आव २०७५/७६ को पहिलो त्रैमासमा रू. २६ करोड ७८ लाख नाफा कमाएको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा १३ दशमलव ३४ प्रतिशत कम हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ३० करोड ९१ लाख नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ९६ करोड छ भने रिजर्भ कोषमा रू. ५ अर्ब २४ करोड छुट्याएको छ । कम्पनीले २०७४/७५ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते साधारणसभाको आयोजना गर्दै छ । पुस १८ गतेसम्म शेयर स्वामित्व कायम शेयरधनीले उक्त लाभांश प्राप्त गर्न सक्छन् । पुस १९ गतेदेखि २७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ । यस कम्पनीको सहायक कम्पनीमा रसुवागढी हाइड्रोपावर कम्पनी, सान्जेन जलविद्युत् कम्पनी र मध्य भोटेकोशी जलविद्युत् कम्पनी छन् । रसुवागढी, सान्जेन र भोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कार्यरत कर्मचारी र संस्थापक संस्थागठित संस्थाका कर्मचारीलाई शेयर जारी गरिसकेका छन् । रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न सेबोनमा निवेदन दिएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनीले १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता आईपीओ जारी गर्न मङ्सिर २७ गते सेबोनमा निवेदन दिएको हो । विक्रीप्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । साञ्जेन जलविद्युत् कम्पनीले ५४ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न पुस ४ गते निवेदन दिएको हो । यस कम्पनीको विक्रीप्रबन्धकमा सिटिजन्स इन्भेस्टमेन्ट ट्रष्ट छ ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को पहिलो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
  • कम्पनीले पहिलो त्रैमासमा विद्युत् विक्रीबाट रू. ३६ करोड १६ लाख आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २ दशमलव १४ प्रतिशत कम हो । नेपाल विद्युत् प्राधिकरणले आवश्यकताअनुसार मात्र अधिक विद्युत् ऊर्जा खरीद गर्ने र यस अवधिमा कम विद्युत् ऊर्जा खरीद भएकाले विद्युत् विक्री घटेको कम्पनीले प्रकाशित वित्तीय विवरणमा उल्लेख गरेको छ ।
  • कम्पनीको कुल चालू सम्पत्ति रू. १ अर्ब ६१ करोड र कुल चालू दायित्व रू. ८ करोड ९६ लाख छ । सञ्चालन नाफा ५ प्रतिशत घटेर रू. २९ करोड ४८ लाखमा सीमित भएको छ ।
  • कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. २७ दशमलव ०३, मूल्य आम्दानी अनुपात २६ दशमलव ६४, तरलता अनुपात १७ दशमलव ९९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २ सय ३२ दशमलव २० छ ।
  • अर्निङ पावर रेशियो : ०.०३ गुणा
  • अर्निङ यिल्ड रेशियो : ३.९४५ प्रतिशत
  • विक्री चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । यस अवधिसम्म १ हजार ७ सय २३ कित्ता शेयर खरीद र ६ हजार ४ सय ६३ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ६३ दशमलव १९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ३ दशमलव ९६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ पछिल्लो शेयरमूल्य रू. ६ सय ८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ९१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६ सयमा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)