बुटवल पावर कम्पनी : कम्पनी विश्लेषण (बुधवार, १८ पुस २०७५)
Jan 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिकको वित्तीय विवरणअनुसार कम्पनीले रू. १० करोड ३८ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३८ दशमलव ८६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ७ करोड ४७ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २१ करोड छ भने रिजर्भ कोषमा रू. २० करोड ६६ लाख छ । कम्पनीले २०७४/७५ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरणका लागि कम्पनीले पुस २७ गते साधारणसभाको आयोजना गर्दै छ । पुस ५ गतेसम्म शेयर स्वामित्व कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् । शेयरधनी दर्ता पुस्तिका पुस ६ गतेदेखि २७ गतेसम्म बन्द रहनेछ ।
कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७३/७४ बीच तुलना गर्दा :
पहिलो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबाट रू. १९ करोड ९९ लाख आम्दानी गरेको छ । यो गत आवको तुलनामा ४ दशमलव ३२ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. २० करोड ८९ लाख आम्दानी गरेको थियो ।
कम्पनीको प्रशासनिक खर्च र अन्य सञ्चालन खर्च गरी कुल रू. ३ करोड २९ लाख खर्च भएको छ । कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ४ दशमलव ६८, मूल्य आम्दानी अनुपात १ सय १ दशमलव ९२, चालू अनुपात ९ दशमलव ६२ र प्रतिशेयर नेटवर्थ रू. २ सय ९८ दशमलव ११ छ । सोमवारको शेयरमूल्य रू. ३ सय ८१ कायम भएको छ ।
अर्निङ पावर रेशियो : ०.०१ गुणा
अर्निङ यिल्ड रेशियो : १.२४ प्रतिशत
खरीद चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । यस अवधिसम्म ३ हजार ६ सय ३ कित्ता शेयर खरीद र २ हजार ५ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २९ दशमलव ५६ विन्दुमा छ । यसले शेयर विक्री चाप रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन २ दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ३ सय ७५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ८२ मा प्रतिरोध पाउने र रू. ३ सय ७५ मा टेवा पाउने देखिन्छ ।