ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छिमेक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, १९ पुस २०७५)

Jan 3, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
छिमेक लघुवित्त वित्तीय संस्थाले २०७४/७५ को नाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १५ करोड ६१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ९३ प्रतिशत बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ८ करोड ६ लाख नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । रू. १ अर्ब चुक्तापूँजी रहेको कम्पनीले रिजर्भ कोषमा रू. १ अर्ब ३२ करोड छुट्याएको छ । कम्पनीले ६७ ओटा जिल्लामा १ सय ३४ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । वित्तीय पहुँच नपुगेका देशका पूर्व र पश्चिमतर्फका २१ ओटा जिल्लाका अतिविकट क्षेत्रमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले कम्पनीले ७८ ओटा डिजिटल प्वाइन्टको स्थापना गरेको छ ।

कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पहिलो त्रैमासमा कम्पनीले रू. १२ अर्ब ५३ करोड निक्षेप संकलन गरेको छ भने रू. १७ अर्ब २९ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ३१ प्रतिशत र कर्जा प्रवाह ३३ प्रतिशत बढी हो ।
  • कम्पनीको खुद ब्याज आम्दानी रू. ३९ करोड ३७ लाख र सञ्चालन नाफा रू. २४ करोड १५ लाख छ । गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ३७ प्रतिशत र सञ्चालन नाफा ९१ प्रतिशत बढी हो । कर्मचारी खर्च रू. १८ लाख १२ हजार र अन्य सञ्चालन खर्च रू. २ करोड ७३ लाख छ ।
  • कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. १ करोड ५३ लाख छुट्याएको छ । निष्क्रिय कर्जा शून्य दशमलव १६ प्रतिशत, पूँजी कोष पर्याप्तता १३ दशमलव २६ प्रतिशत र पूँजी कोष लागत १० दशमलव ०३ प्रतिशत छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी अनुपात ६६ दशमलव ३९, मूल्य आम्दानी अनुपात १३ दशमलव २१ प्रतिशत, तरलता अनुपात १७ दशमलव २७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २ सय १७ दशमलव ९ छ । बुधवारको शेयरमूल्य रू. ८ सय ५६ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.००७४ गुणा
  • अर्निङ यिल्ड रेशियो : ७.७५ प्रतिशत
  • खरीद चाप : बुधवार कारोबारको अन्तिम समयसम्ममा कम्पनीको शेयर विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ८ हजार ३ सय कित्ता शेयर खरीद गर्ने माग र ३ हजार ९ सय २० कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ४६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ५ दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ८ सय ५६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ९४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८ सय १५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)