ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, १९ पुस २०७५)

Jan 3, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले २०७४/७५ को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारणसभाको आयोजना गर्दै छ । पुस १२ गतेसम्म शेयर स्वामित्व कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् । कम्पनीले १ बराबर १ दशमलव ५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा लैजाँदै छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १० लाख १७ हजार नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ८८ प्रतिशत कम हो । पहिलो त्रैमासमा कम्पनीको खर्च बढेकाले नाफा घटेको हो । कम्पनीको चुक्तापूँजी रू. १४ करोड ८ लाख छ । कम्पनीले रिजर्भ कोषमा रू. ११ करोड १३ लाख छुट्याएको छ । कम्पनीले हाल ९५ ओटा शाखा कार्यालय र ५ ओटा उपशाखा गरी कुल १ सयओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • कम्पनीले पहिलो त्रैमासमा रू. ७७ करोड ५४ लाख निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ६८ प्रतिशत र कर्जा प्रवाह २१ प्रतिशत बढी हो । लगानी रू. २० लाख छ ।
  • रू. १० करोड ८७ लाख ब्याज आम्दानी गर्दा रू. ६ करोड ४६ लाख ब्याज खर्च भएको छ । कर्मचारी खर्च ३७ दशमलव ९३ प्रतिशत बढेर रू. ३ करोड ७० लाख र अन्य सञ्चालन ४० प्रतिशत बढेर रू. १ करोड १९ लाख पुगेको छ ।
  • कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. १ करोड २९ लाख छुट्याएको छ । पूँजी कोष लागत ९ दशमलव ७३ प्रतिशत, निष्क्रिय कर्जा २ दशमलव ७२ प्रतिशत र पूँजी कोष पर्याप्तता १० दशमलव ५० प्रतिशत छ ।
  • कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तरलता अनुपात १९ दशमलव ८८ प्रतिशत, प्रतिशेयर नेटवर्थ रू. १ सय ७९ दशमलव ०६, प्रतिशेयर आम्दानी (वार्षिक) रू. २ दशमलव ८९ र मूल्य आम्दानी अनुपात (वार्षिक) रू. ५ सय ६९ दशमलव २८ छ । बुधवारको शेयरमूल्य रू. १ हजार १ सय १५ कायम भएको छ ।
  • अर्निङ पावर रेशियो : ०.०००३ गुणा
  • अर्निङ यिल्ड रेशियो : ०.२५ प्रतिशत
  • विक्री चाप : कम्पनीको बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ७ सय ७० कित्ता शेयर खरीद गर्ने माग र १ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको५५ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव ५७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन ८९ दशमलव ०९ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । पछिल्लो शेयरमूल्य रू. १ हजार १ सय १५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ३ सय ३६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ५९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)