ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, २३ पुस २०७५)

Jan 7, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आव २०७५/७६ को पहिलो त्रैमासमा कम्पनीले रू. २८ लाख १६ हजार नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३६ प्रतिशत बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २० लाख ६८ हजार नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५० करोड छ भने रिजर्भ कोषमा रू. ७१ करोड ९४ लाख छुट्याएको छ । कम्पनीको आगामी योजना बैंकिङ सम्भावना रहेको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा २५ स्थानमा कम्पनीले थप शाखा स्थापना गर्ने भएको छ । २५ शाखा स्थापना गरेपछि शाखा संख्या ८५ पुग्नेछ । उल्लिखितमध्ये काठमाडौं उपत्यकाभित्र पाँचओटाको स्वीकृति प्राप्त भई निर्माणको प्रक्रियामा छ भने थप शाखा विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको कम्पनीले प्रकाशित वित्तीय विवरणमा उल्लेख गरेको छ ।

कम्पनीकोे चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
  • पहिलो त्रैमासमा कम्पनीले रू. १५ अर्ब ९७ करोड निक्षेप संकलन गरेको छ भने रू. १४ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप २१ प्रतिशत र कर्जा प्रवाह १८ प्रतिशत बढी हो । पहिलो त्रैमासमा कम्पनीको लगानी १ सय ५९ प्रतिशत बढेर रू. ६० करोड ७९ लाख पुगेको छ ।
  • खुद ब्याज आम्दानी रू. १३ करोड ९८ लाख, कर्मचारी खर्च रू. ६ करोड ११ लाख र अन्य सञ्चालन खर्च रू. ३ करोड ७५ लाख छ । गत आवको पहिलो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी ४५ प्रतिशत र कर्मचारी खर्च ६१ प्रतिशत बढी हो ।
  • गत आवको पहिलो त्रैमासमा रू. ६ लाख ९० हजार ऋणात्मक रहेको सञ्चालन नाफा चालू आवको पहिलो त्रैमासमा सुध्रिएर रू. ४४ लाख २६ हजार पुगेको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ७ करोड ६८ लाख छुट्याएको छ ।
  • स्थिर सम्पत्ति ३६ प्रतिशत बढेर रू. ४३ करोड ३४ लाख पुगेको छ भने अन्य सम्पत्ति ३४ प्रतिशत घटेर रू. ३१ करोड ६५ लाखमा सीमित छ । गत आवको पहिलो त्रैमासमा २ दशमलव ११ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आवको पहिलो त्रैमासमा १ दशमलव ७१ प्रतिशत छ । पूँजीकोष लागत ८ दशमलव २८ प्रतिशत र पूँजीकोष पर्याप्तता २४ दशमलव १४ प्रतिशत छ ।
  • पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी (वार्षिक) शून्य दशमलव ४५ प्रतिशत, तरलता अनुपात ३० दशमलव ५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३७ दशमलव १२ छ । आइतवारको शेयरमूल्य रू. १ सय ३५ कायम भएको छ ।
  • डिभिडेण्ड यिल्ड रेशियो : ४.०१ प्रतिशत
  • अर्निङ पावर रेशियो : ०.०००१ गुणा
  • अर्निङ यिल्ड रेशियो : ०.३२ प्रतिशत
  • खरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ८ हजार ८ सय २० कित्ता शेयर खरीद र ६ सय १ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने र बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । हालको मूल्य ट्रेन्ड हेर्दा टेवा पाएर फर्किने देखिन्छ । आरएसआई न्यूट्रल जोन ४६ दशमलव २५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ०९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ सय ३७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ४० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ३५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)