जीवन बीमा गरेपछि कहिलेदेखि लागू हुन्छ ?
कम्पनीको जीवन बीमालेखमा कति समयदेखि लागू गर्छु भनेर गरेको प्रतिबद्धता हेर्नुपर्छ । आज जीवन बीमा गर्नु भएको छ र आजै बीमालेख जारी (इस्स्यू) भयो भने प्रस्ताव फारम भरेर स्वीकृति हुनुपर्यो । आवश्यकता अनुसार मेडिकल टेस्ट गरेको हुनुप¥यो र बीमा कम्पनीले तोकेको बीमाशुल्क तिरेको हुनुपर्यो । यस्तो नभएको अवस्थामा जीवन बीमा लाग्दैन । बीमितले शुल्क भुक्तानी गरेर रसिद लिनुपर्छ । र, जीवन बीमा पोलिसी तुरुन्तै लागू हुन्छ । कहिलेकाहीँ बीमित सुरक्षित भए पनि ऐतिहासिक मिति राख्न मन लाग्यो, तर बीमितले बीचमा आएर बीमा गरेको छ भने सम्झन अगाडिको मिति राख्न सक्छन् ।
कुनै व्यक्तिले जीवन बीमा गराएको छ, तर दुर्घटनामा उसको मृत्यु नभई चोटपटक लाग्यो तथा अशक्तता भयो भने कस्ता सुविधा पाउँछ ?
दुर्घटनालाई समेत कभर गर्न तथा बीमा सुविधा पाउन जीवनबीमामा थप दुर्घटना बीमा पनि गर्नुपर्छ । कम्पनी अनुसार जीवन बीमा १ लाखको छ भने दुर्घटना बीमाको राइडर समेत थपेर ३ लाखको गर्न सकिन्छ । अझ अशक्तताका लागि छुट्टै राइडर अर्थात् थप करार गर्नुपर्छ । बीमा भनेको आधारभूत करार हो । कुनै बीमितले बीमा गर्दा थप सुविधा चाहियो भने राइडर बीमा गर्न सकिन्छ ।
त्यसैगरी अहिले कसैले प्रिमियम शुल्क तिरिरहेको छ र बीचमा दुर्घटना भएर तिर्न नसकिने अवस्थामा त्यसलाई ‘सरेन्डर’मा जानुपर्छ । ‘सरेन्डर’मा जाँदा पैसा त कमाइन्छ । त्यसका लागि उसले पहिले प्रिमियम व्यवस्था गर्न सक्छ । प्रिमियम वेभर बेनिफिटबाट राइडर लिन सक्छ । कुनै व्यक्तिले ३ वर्ष प्रिमियम ति¥यो र बीचमा दुर्घटनाको कारण पैसा लस भयो उसले १७ वर्षसम्म प्रिमियम तिर्नु पर्दैन (यदि उसको बीमा अवधि २० वर्षको छ भने) ।
जीवन बीमा उमेरको सीमा कति छ ? ६० वर्षभन्दा माथिकाले बीमा लिन सक्छन् कि सक्दैनन् ?
पहिला उमेरको सीमा थियो । ६० वर्ष माथिकाले बीमा गर्न पाउँदैन थिए । मानिसको औसत मृत्युदरलाई पनि आधार मानिन्छ । अहिले प्राविधिक सुविधा थपियो र मानिस स्वास्थ्यप्रति सचेत भएकाले धेरै बाँच्न थाले । यसैले अहिले ७० वर्षसम्म बीमा गर्न पाइन्छ । जति उमेर कम भयो, त्यसको प्रिमियम मूल्य कम हुन्छ र उमेर बढी भए मूल्य पनि बढ्दै जान्छ । तर पनि ६० वर्ष लागेपछि पनि गर्न पाइन्छ । कम्पनी अनुसार कसैको ६५ वर्षसम्म वा कसैको ७० वर्षसम्म बीमा गर्न पाइन्छ ।
बीमाको समयावधि सकिएपछि बीमकले तिरेको मात्र पाउँछ वा बढी पाउँछ ?
बीमालेखमा जति लेखेको छ, त्यो त पाइहाल्छ । त्यसको अलावा कम्पनीले दिँदै आएको बोनस पाउँछ । कुनै बेला प्रत्येक वर्ष कम्पनीले प्रतिहजार ७०–८० सम्म पनि दिन्छ । बीमितलाई ७० दिन्छ भने १ लाखमा ७ हजार फाइदा पाइन्छ । सो व्यक्तिले लामो समयदेखि बीमा गरेको भए प्रिमियमभन्दा पनि बढी बोनस पाउन सक्थ्यो, अर्थात् जति कम उमेरमा बीमा गरिन्छ । त्यति नै फाइदा बढ्दै जान्छ । यसमा कुन कम्पनीको बोनसदर कस्तो छ, त्यो अनुसार हुन्छ ।
प्रस्तावमा आवेदन फारम गलत भएमा के हुन्छ ?
जीवन बीमामा एउटा सिद्धान्त छ : बीमा गर्ने र बीमा गराउने दुवै पक्षले पूर्ण विश्वास वहन गर्नुपर्छ । विश्वास गर्ने वातावरण बनाउनुपर्छ । फारम भर्दा बीमितले आफ्नो शरीरमा लागेको रोगबारे खुलाएर भर्नुपर्छ । घातक रोग लागेका व्यक्तिका लागि प्रिमियम पनि बढी लाग्छ । रोगबारे लुकाएर गलत फारम भरेमा कम्पनीले त्यसको भरपाई गर्दैन ।
दाबी भुक्तानी तिर्न कति समय लाग्छ ?
कम्पनीमा खबर आएपछि साथै विभिन्न कागजात वा प्रमाण जुटेपछि, मृत्युको विवरण, कारण आएपछि दाबी भुक्तानी पाइन्छ । धेरैजस्तो बीमालेखले आत्महत्याको रक्षावरण गर्दैन । २ वर्षभित्र गरेको आत्महत्यालाई बीमाले बेहोर्दैन । तर कसैले २ वर्षपछि आत्महत्या गर्योण र बीमा कागजात मिल्यो भने पाइन्छ । समयावधि भएपछि १–२ घण्टामा तुरुन्तै भुक्तानी पाउन सकिन्छ भन्ने परिकल्पना छ । तर विभिन्न कारणले केही ढिला हुन सक्छ । प्रिमियम वेभर राइडर लिएपछि प्रस्ताव तिर्ने हो । उसको मृत्यु भएमा वा आय नोक्सानी (इन्कम लस) भयो भने प्रिमियम तिर्नु पर्दैन । उसको हकवालाले समयावधि भएपछि सबै पाउँछ ।
प्रिमियम वेभर राइडर सबै बीमा कम्पनीमा छ ?
एउटा कम्पनीले दियो र अर्को कम्पनीले दिएन भने प्रतिस्पर्धा हुँदैन । त्यसकारण पनि सबै कम्पनीमा त्यो लागू छ । कुनै कम्पनीले लिएका छन् भने कुनै कम्पनीले किन बढी पैसा तिर्ने भनेर लिएका छैनन् । बीमा त जीवन बीमा गरेको हो । मरे पनि बीमा, बाँचे पनि बीमा । तर यो कारण भयो भने म दिन्न भन्ने पनि घटना देखिएका छन् । बीमालेखमा युद्धमै जान पर्यो र युद्ध गर्दा घाइते भयो, मृत्यु भयो भने रक्षावरण नदिने बन्देज छ । अर्को कुरा बीमित आज इन्जिनीयर छ तर भोलि गएर करारमा श्रमिकको काम गरेको छ वा पहिलाको भन्दा जोखिम पेशा परिवर्तन भयो भने कम्पनीले बीमा सुविधा नदिन सक्छ । त्यसैले कम्पनीले पेशाको जोखिम अनुसार प्रिमियम मूल्य तोकेको हुन्छ ।