ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पप्रतिरोधी घर बनाउन ध्यान दिनुपर्ने विषय

Feb 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आर्थिक अभियान
स्थान छनोट
  • सकेसम्म समतल, कडा चट्टान भएको, नदीबाट टाढा र दलदल नभएको जग्गा छनोट गर्नुपर्छ ।
  • भिरालो पाँगो वा कालो माटो भएको, ढुङ्गा खस्ने जग्गा छनोट गर्नुहुँदैन ।
  • गहिरो, ठूला खाल्डो भएको, चिरा परेको जग्गा छनोट गर्नुहँुदैन ।
  • हवाई मैदान, खानी क्षेत्र, सैनिक इलाका, ठूला रूखहरू नजिक र उच्च भोल्टेजको तारमुनिको जग्गा छनोट नगर्नुहोस् ।
  • सकेसम्म चौडा बाटो र नजिकै खुला चौरहरू भएको जग्गा छनोट घर निर्माणका लागि उपयुक्त हुन्छ ।
घरको आकार
  • घरको आकार सकेसम्म वर्गाकार, आयताकार वा गोलाकार हुनुपर्छ ।
  • अनियमित आकारहरू, जस्तै– अङ्ग्रेजी अक्षरको ई, एच, टी, एल, आकारको घर बनाउनुहुँदैन ।
  • घरको उचाइ, चौडाइको ३ गुणाभन्दा बढी हुनुहुँदैन ।
  • कोठाको अधिकतम उचाइ १५ फिटभन्दा बढी हुनुहुँदैन ।
घरको जग
  • घरको सम्पूर्ण जगहरू एउटै लेभलमा राख्नुपर्छ ।
  • सबै पिलरहरूको जगमा हात्तीपाइले ढलान गर्नुपर्छ ।
  • घरको जग पुरानो जमीनभन्दा कम्तीमा ५ फिट तलसम्म हुनुपर्छ ।
  • घरका सम्पूर्ण जगहरू एउटै लेभलमा राख्नुपर्छ ।
  • सबै पिलरहरूमा हात्तीपाइले ढलान गर्नुपर्छ ।
  • हात्तीपाइलेको जाली घरको पिलर र बिममा कम्तीमा पनि १२ एमएमको छड र रिङका लागि कम्तीमा ८ एमएमको छडको प्रयोग गर्नुपर्छ ।
  • डीपीसी लेभलमा जस्तै बिम जगमा पनि उस्तै पिलर जोडिने गरी राख्नुपर्छ ।
डीपीसी लेभल
  • डीपीसी लेभल पुरानो जमीनको सतहभन्दा कम्तीमा १.५ फिट माथि हुनुपर्छ ।
  • डीपीसी लेभलमा कम्तीमा ९ गुणा १२ साइजको टाई बिम राख्नुपर्छ ।
  • घरका सम्पूर्ण पिलरहरूलाई यो लेभलमा आरसीसी ढलानको टाई बिमले जोड्नुपर्छ ।
पिलर तथा बिम
  • पिलरहरूको दूरीको आधारमा पिलरको साइज निर्धारण हुने भए पनि १२ गुणा १२ को भन्दा सानो हुनुहँुदैन ।
  • पिलरको चौडाइ बिमको भन्दा कम्तीमा ३ इञ्च बढी हुनुपर्छ ।
  • बिमका सम्पूर्ण छडहरू पिलरभित्रबाट जानुपर्छ भने बिमको अन्त्यमा छडहरू एल अकारका हुनुपर्छ ।
  • पिलर वा बिमका डण्डीहरू गाँस्दा कम्तीमा छडको माटाइको ६० गुणा खप्टिने गरी राख्नुपर्छ ।
  • बिम र पिलरको जोर्नीहरू नजिक तथा छड गाँसिएको भागमा ४ इञ्चको दूरीमा रिङहरू राख्नुपर्छ । अन्य ठाउँमा रिङको दूरी ६ इञ्चभन्दा बढी हुनुहुँदैन ।
भित्ता
  • घरका सम्पूर्ण भित्ताहरू इँटाको ९ इञ्च गारो तथा भित्री भित्ताहरू कम्तीमा ४ इञ्च गारोले बनाउनुपर्छ ।
  • ९ इञ्च गारोका लागि सिमेण्ट मसला १ः६ (१ भाग सिमेण्टमा ६ भाग बालुवा)भन्दा धेरै अनुपातको मसला बनाउनुहुँदैन ।
  • मसला डेढ घण्टासम्ममा प्रयोग गरिसक्नुपर्छ ।
  • १ दिनमा ५ फिटभन्दा अग्लो गारो लगाउनुहुँदैन ।
ढोका तथा झ्याल
  • झ्याल र ढोकाहरूबीचको दूरी कम्तीमा २ फिट हुनुपर्छ ।
  • सकेसम्म घरको प्रत्येक तलामा झ्याल र ढोकाहरू एकै स्थानमा हुनुपर्छ ।
  • सबै ढोकाहरू बाहिरपट्टि खुल्ने गरी निर्माण गर्नुपर्छ ।
  • ढोका र झ्यालहरूमा शिशाको कम प्रयोग गर्नुपर्छ र शिशा प्रयोग गरिएको भए प्लाष्टिक लेमिनेशन लगाउनुपर्छ ।
  • झ्यालको मुनि पिलरहरूमा पस्ने गरी ३ इञ्च मोटाइ र गारोको चौडाइबराबरको सानो बिम र झ्याल ढोकाहरूको माथि पिलरहरूमा छड
  • पस्ने गरी ३ इञ्च मोटाइ र गारोको चौडाइबराबर सानो बिमको आरसीसी ढलान गर्नुपर्छ ।
  • झ्याल ढोकाको फ्रेम आल्मुनियमको भए सानो बिम ६ इञ्च मोटाइको बनाउनुपर्छ । सिल सानो बिममा १० एमएमको छड र ८ एमएमको
  • यू आकारको रिङ ६ इञ्चको दूरीमा राख्नुपर्छ ।
छत/स्ल्याब
  • सामान्य तया छतको मोटाइ कम्तीमा ४ इञ्च हुनुपर्छ ।
  • छतमा डबल जालीका लागि ८ एमएमको डण्डी ६ इञ्चको दूरीमा राख्न पर्याप्त हुन्छ ।
  • डण्डीको तलमाथि कम्तीमा १५ एमएमको कङ्क्रिट भाग हुनुपर्छ ।
  • ढलान गर्दा बिम र स्ल्याब एकैपटक ढलान गर्नुपर्छ ।
  • खाँद्नका लागि भाइब्रेटरको उचित प्रयोग गर्नुपर्छ ।
  • ढलान गरिसकेको २४ घण्टाभित्र कम्तीमा १४ दिन पानीले भिजाउनुपर्छ ।
ढलान मसला
  • ढलान मसलाको भाग १ः१.५ः३ भन्दा कम्ती गर्नुहुँदैन । अर्थात् १ भाग सिमेण्टमा १.५ भाग बालुवा र ३ भाग गिट्टी मिसाउनुपर्छ ।
  • सामान्यतया एक बोरा सिमेण्टका लागि २० लिटर जति पानी प्रयोग गर्नुपर्छ ।
  • पानीको मात्रा बालुवाको चिसोपनमा भर पर्ने भएकाले काम गर्न सकिने र नबग्ने गरी मसला बनाउनुपर्छ ।
  • मसला बनाउन मिक्श्चर मेशिनको प्रयोग गर्नुपर्छ ।
  • मिक्श्चर मेशिनमा सिमेण्ट, वालुवा, गिट्टी र पानी राखिसकेपछि २ मिनेटसम्म घोल्नुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)