ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यसरी बनाऔं कम लागतमै बलियो घर

Feb 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
भूकम्पका कारण नेपालमा करीब ५ लाखभन्दा घरमा ठूलो क्षति पुगेको छ । भत्किएका यी घरहरू बनाउन खर्बौं रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । साथै, भत्किएका घरहरू अब कसरी र कुन डिजाइनमा बनाउने भनेर सर्वसाधारण पनि अलमलमा परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण पनि उनीहरू अब कस्ता घर बनाउने भन्नेमा चिन्तित छन् । सरकारले पूर्ण क्षति भएका घरहरूका लागि दिने क्षतिपूर्तिको रकमले मात्र घर निर्माण गर्न कठिनाइ पर्ने देखिन्छ । त्यसैले, अहिले कम खर्चमै आकर्षक र बलियो घर कसरी बनाउन सकिन्छ भनेर खोजी हुन थालेको छ । कसरी बनाउन सकिन्छ त थोरै लागतमै उपयुक्त घर ? यहाँ केही उपाय दिइएको छ : नक्साको चयन घर बनाउँदा सबैभन्दा पहिला नक्सा (डिजाइन)मा ध्यान दिनुपर्छ । कत्रो, कस्तो र कुन किसिमको घर बनाउने र कति लागत लाग्ने भन्ने नक्सा बनाउँदा नै तय गर्नुपर्दछ । आफ्नो जग्गाको साइजअनुसार उपयुक्त र सबै ठाउँको सदुपयोग हुने किसिमले घरको नक्सा इञ्जिनीयरलाई बनाउन लगाउनुपर्छ । यसले तपाईंको घरको लागत पहिले नै थाहा पाउन सकिन्छ । पछि डिजाइन परिवर्तन नगर्नहोस् कतिपय मानिस घर बनाइसकेपछि त्यसको भित्र निर्माण गर्ने भान्साकोठा, सुत्नेकोठा, बाथरूम आदिको डिजाइन परिवर्तन गर्दछन् । यसले गर्दा डिजाइन खर्च बढ्ने, कामदार खर्च बढी हुने, घरको क्षमता फरक हुने र त्यसको निर्माण महँगो पर्छ । त्यसैले, पहिले नै सही डिजाइन छनोट गरी सोहीबमोजिम निर्माण गर्नुपर्दछ । वर्गाकार आकारमा घर बनाउनुहोस् घर निर्माण विशेषज्ञहरूका अनुसार आयताकार वा अन्य घरभन्दा वर्गाकार घर बनाउँदा धेरै सस्तो पर्छ । आयताकार घरको भन्दा वर्गाकार घरको निर्माण लागत १५ देखि २० प्रतिशतसम्म कम पर्ने इञ्जिनीयरहरू बताउँछन् । साथै, एक तलाको ठूलो घर र त्यसमा कोठाहरू बनाउनुको सट्टा दुई तलाको सानो घर निर्माण गर्दा २५ प्रतिशत लागत खर्च कम लाग्ने बताइन्छ । वालहरू कम बनाउनुहोस् घर निर्माण गर्दा भित्रपट्टि कम सङ्ख्यामा वाल राख्दा फाइदा हुन्छ । बाहिरी वालको दाँजोमा भित्री वालको मोटाइ पनि पातलो बनाउनु राम्रो हुन्छ । यसले घरमा ठाउँ बढी उपलब्ध हुन्छ भने खर्च कम लाग्दछ । साथै, घरमा भर्‍याङका खुट्किला ज्यादा घुमाउरा तथा धेरैको सट्टा चुस्त र कम बनाउनुपर्छ । यसले लागत र ठाउँ दुवै बचत गर्न सकिन्छ भने घरलाई भद्दा देखिनबाट पनि जोगाउँछ । घर बनाउने सामानको छनोट घरको सम्पूर्ण खर्चको ६५ प्रतिशत खर्च घर बनाउने सामानमा लाग्दछ । यसैले, भान्सा कोठाका सामान, बिजुलीका सामान, पाइप, काठ, सिलिङमा प्रगोग गरिने सामान, सजावटका सामान र अन्य सामान सस्तोमै गुणस्तरीय पाइने ठाउँमा खरीद गर्नुपर्छ । एकै गुणस्तरका सामान पनि ठाउँअनुसार महँगो पर्ने भएकाले बजार भाउ बुझेर खरीद गनु राम्रो हुन्छ । देखिने र आवश्यक ठाउँमा महँगो सामान प्रयोग गरे पनि नदेखिने र अनावश्यक स्थानमा कम मूल्यका बलिया सामान प्रयोग गरेर खर्च घटाउन सकिन्छ । ठेकेदारको छनोट सरकारले गर्ने काम मात्र होइन, निजी घरहरू निर्माण गर्दा पनि नाफाखोर ठेकेदारका कारण लागत बढ्ने गरेको छ । त्यसैले, घरको लागतअनुसारको काम गर्न सही ठेकेदारको चयन महत्त्वपूर्ण हुन्छ । ठेकेदार इमानदार र अनुभवी भएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ । यसबाट कम खर्चमै पनि गुणस्तरीय काम गर्न सकिन्छ । प्रस्तुति : तुफान घिमिरे (एजेन्सीको सहयोगमा)
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)