ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घर तथा अफिसको सजावट

Feb 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । बढ्दो शहरीकरण र बदलिँदो जीवनशैलीका कारण फर्निचर र फर्निसिङ व्यवसाय फस्टाउँदो छ । व्यक्तिगत घर होस् या कर्पोरेट हाउस, फर्निचर र फर्निसिङ सामग्रीविना त्यसको सजावट अपुरोे हुन्छ । अपार्टमेन्ट, हाउजिङ र अस्थायी बसोवास स्थलमा समेत फर्निचर र फर्निसिङका सामानको माग बढिरहेको छ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अनुसार उपभोŒाmामा आएको जागरणले ‘घर सजाउनुपर्छ’ भन्ने मान्यताको विकास हुँदै आएको छ । फर्निचर सामग्रीको माग तथा विक्री बढेसँगै यसका विक्रेता पनि थपिँदै गएका छन् । काठमाडौं उपत्यकामा मात्र फर्निचर तथा फर्निसिङ विक्री गर्ने करीब १ हजार पसल छन् । स्थानीयबाहेक चीन, थाइलान्ड, इजिप्ट, यूएई, टर्की र यूरोपका विभिन्न देशबाट पनि फर्निचर तथा फर्निसिङका सामग्री आयात हुन्छ । घर वा कोठाको आन्तरिक सजावटप्रति सर्वसाधारणसमेत सचेत हुन थालेकाले यो व्यवसायमा वार्षिक १५ प्रतिशतसम्म वृद्धि हुँदै गएको तथ्यांक पाइन्छ । शहरी क्षेत्रमा मात्र फर्निचर तथा फर्निसिङ व्यवसायमा करीब ३० अर्ब रुपैयाँ लगानी भइसकेको महासंघको दाबी छ । जीवनशैलीमा आएको परिवर्तन, आकर्षक हाउजिङको निर्माण र बढ्दो आर्थिक क्रियाकलाप इन्टेरियर डिजाइनको पेशागत विस्तारमा सहयोगी बनेको तर्क इन्टेरियर डिजाइनर्स एशोसिएशन अफ नेपालको छ । अहिले काठमाडौं उपत्यकामा नयाँ बनेकामध्ये करीब ७५ प्रतिशत घरमा इन्टेरियर डिजाइनपछि मात्र फर्निचर खरीद हुने गरेको बताइन्छ । घरको सजावटका लागि विशेषगरी फ्लोरिङ, फर्निसिङ, पेन्टिङ, इण्डोर प्लान्टलगायत सामग्रीको प्रयोग हुन्छ । फ्लोरिङमा कार्पेट, पीभीसी टायल, लेमिनेटेड फ्लोरिङ, मार्बलजस्ता सामानको सुहाउँदो प्रयोग गरिन्छ । फर्निसिङमा पर्दा, सोफा कभर, बेड कभर, वालपेपर, डोरम्याटलगायत सामग्री पर्छन् । त्यस्तै, सजावटका लागि घरभित्र विभिन्न फूल तथा बिरुवा (इन्डोर प्लान्ट) राख्ने गरिन्छ । त्यसका अतिरिक्त विभिन्न कलात्मक सामग्री राखेर पनि घरलाई उत्कृष्ट स्वरूप दिन सकिन्छ । घरमा विभिन्न प्रयोजनका लागि छुट्याइएका कोठाका आधारमा त्यसको सजावट गरिन्छ । किचेन, लिभिङ रूम, बाथरूम, बेडरूम, किड्स रूम, डाइनिङ रूम, होम अफिस तथा गार्डेनको सजावटले घरको सौन्दर्य बढाउँछ । घर सजावट गर्दा रङको संयोजन, ठाउँको सदुपयोग तथा राखिने सामग्रीको छनोट महŒवपूर्ण हुने शिल्पकारले बताए । के हो फ्लोरिङ एन्ड फर्निसिङ ? फ्लोरिङ एन्ड फर्निसिङ घर तथा अफिसको उपयुक्त सजावटको सामग्री हो । पछिल्लो समय घर तथा अफिस सजावटले व्यावसायिक रूप लिएको छ । यसलाई फ्लोरिङ एन्ड फर्निसिङ कम्पनीले सघाइरहेका छन् । फ्लोरिङमा विशेषगरी कार्पेट, पीभीसी टायल, लेमिनेटेड फ्लोरिङ, मार्बलजस्ता सामानको प्रयोग गरिन्छ । फर्निसिङमा पर्दा, सोफा कभर, बेड कभर, वालपेपर, डोरम्याटलगायत सामग्रीको प्रयोग हुन्छ । लेमिनेटेड फ्लोरिङ लेमिनेटेड फ्लोरिङ (पार्केटिङ)मा काठमाथिबाट प्लाष्टिकले लेमिनेशन गरेर आकर्षक बनाइन्छ । अहिले फ्लोरिङमा पार्केटिङको माग बढ्दै गएको छ । लेमिनेटेड फ्लोरिङका सामानको माग हरेक वर्ष दोब्बर हुने गरेको सम्बद्ध व्यवसायीको भनाइ छ । यस्ता सामानमा १० वर्षसम्मको वारेण्टी दिइएको हुन्छ । पार्केटिङ विशेषगरी घरको बैठक कोठा र बेडरूममा बढी प्रयोग हुँदै आएको पाइन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)