ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘गाँजालाई वैधानिक गरिनुपर्छ’

Mar 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
काशीराम बजगाईं काठमाडौं । संसदीय समितिको वैठकमा सांसद विरोध खतिवडाले नेपालमा गाँजा खेतीलाई वैधानिक बनाउनुपर्ने विषय उठाएपछि यो बहसको विषय बनिरहेको छ । कतिले यसलाई समर्थन गरिरहेका छन् त कतिले यसको विरोध गरिरहेका छन् । नेपालको कानूनमा गाँजा खेती, यसको विक्री वितरण र उपभोगलाई अवैधानिक मानिएको छ । लागूऔषध नियन्त्रण ऐन, २०३३ को परिच्छेद–३ को दफा–४ ले गाँजालाई लागू औषधभित्र राखी कानूनी रूपमा निषेधित गरेको छ । तर गाँजा लागूऔषध मात्र नभई बहुउपयोगी औषधि तथा विभिन्न बहुमूल्य वस्तुको उत्पादनको स्रोत पनि भएको विज्ञहरूको धारणा छ । यो विभिन्न औषधि, तेल, धागो, कपडा, कागज इत्यादि बनाउन प्रयोग हुने उनीहरूले बताएका छन् । ‘हालै मात्र संयुक्त राज्य अमेरिकामा गाँजालाई औषधिको प्रयोजनका लागि सार्वजनिक रूपमा खुला गरिएको छ, गाँजा धेरै उपयोगी वस्तु हो,’ अमेरिकामा आयुर्वेद अध्यापन गर्दै आएकी डा. सरिता श्रेष्ठ भन्छिन्, ‘विभिन्न जटिल रोगको औषधि बनाउन यसको प्रयोग हुन्छ र सामान्य दम, अमिलो डकार, नपुंसकता, चिन्ता, तनाव, पीडा, श्वासप्रश्वासको रोग लगायतका लागि यसले अचुक औषधिको काम गर्छ ।’ सिंहदरबार वैद्यखानाका प्रमुख वंशदीप खरेलका अनुसार गाँजाको प्रयोगले पेट दुखेको, अनिद्रा, अल्जाइमर्स, झाडापखाला, क्यान्सर, नाक बग्ने, आँखारोग, बेहोस हुने, अपच हुने लगायत रोगको निदान हुन्छ । यसको जरा, पात, फल, बोक्रा सबै बहुउपयोगी छ । प्रतिनिधि सभाका सदस्य खतिवडाका अनुसार नेपालमा विभिन्न रोगको निदानका लागि औषधिको रूपमा परम्परागत ढंगले गाँजाको प्रयोग हुँदै आएको छ । लागूऔषधको डरलाग्दो श्रेणीमा यसलाई राखिए पनि यो रक्सी, चुरोटभन्दा निकै कम हानिकारक भएकाले यसलाई कानूनी बाटोमा लगी समृद्धिको दिशातर्फ अघि बढ्न सकिने खतिवडा बताउँछन् । उनका अनुसार नेपालमा गैरकानूनी रूपमा गाँजाको विक्री दर १ किलोको १२ हजार रुपैयाँ छ, भारतमा ७ लाख र यूरोपेली मुलुकमा ९ हजार डलर छ । उनी भन्छन्, ‘हामी हाम्रा पाखामा उम्रिएको औषधिलाई फाँडेर त्यसैबाट बनेको महँगो औषधिको सेवन गरिरहेका छौं । जब कि अमेरिका, थाइल्यान्ड, उरुग्वे, क्यानडा लगायत देशहरू यसको खेती गरेर आर्थिक फाइदा लिइरहेका छन् ।’ ठेलामा आलु, काउली र चियापसलमा चिया बेचेजस्तो नभई अन्तरराष्ट्रिय स्तरमा अरूले खेती गरिरहे जसरी सरकारी नियमनमा गाँजाखेती गर्नुपर्ने उनको तर्क छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)