ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३० लाख मानिसको मिर्गौलामा केही न केही समस्या

Mar 14, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कस्ता व्यक्तिलाई मिर्गौलासम्बन्धी रोग लाग्छ ? जन्मिँदै गतिलो मिर्गौला लिएर जन्मिएको मानिसमा मिर्गौला रोगको संक्रमण कम हुन्छ । गर्भावस्थामा रहेकी आमाले सन्तुलित भोजन नखाँदा बच्चाको मिर्गौला कमजोर हुन्छ । बच्चा जन्मँदा २ किलो ५ सय ग्रामभन्दा कम जन्मियो भने त्यसको मिर्गौला कमजोर हुन्छ । त्यस्तो व्यक्तिको वयस्क उमेरमा जीवनशैली बिग्रियो भने मिर्गौला खराब हुने सम्भावना धेरै हुन्छ । जसले पानी खाँदैन, कसरत गर्दैन, चुरोट बिँडी र रक्सी खान्छ, उसको मिर्गौला चाँडै खराब हुन्छ । बेलाबेलामा मिर्गौलाको जाँच नगर्दा पनि मिर्गौला बिग्रने गर्दछ । विश्वका १० प्रतिशत मानिसको मिर्गौला बिग्रने गरेको छ । नेपालमा मिर्गौला बिग्रिनेको अवस्था कस्तो छ ? नेपालमा ३ लाख मानिसको मिर्गौला बिग्रिएको छ । नेपालका १० प्रतिशत अर्थात् ३० लाख मानिसको मिर्गौलामा केही न केही रूपमा समस्या छ । ३० हजार व्यक्तिको मिर्गौला नराम्रोसँग बिग्रिसकेको छ । अहिले ४ हजार ५ सय बिरामी डायलासिस गरेर बसिरहेका छन् । मिर्गौलादाताले के ख्याल गर्नुपर्छ ? मिर्गौलादाताले दैनिक रूपमा कसरत गर्नुपर्छ, प्रशस्त पानी खानुपर्छ । चुरोट, खैनी खानु हुँदैन । जीवनशैली सही अपनाउनुपर्छ । एउटा मात्र बाँकी रहेकाले मिर्गौला रोग लाग्नबाट सचेत हुनुपर्छ । मिर्गौला रोग लाग्नै नदिन के गर्नुपर्छ ? मानिस स्वस्थ रहन दैनिक ७ किलोमिटर हिँड्नुपर्छ । उच्च रक्तचाप र मधुमेह ठीक राख्नुपर्छ । दुखाइको औषधि आफूखुशी खानु हुँदैन । समयमै सुत्नुपर्छ, जाँडरक्सी खानु हुँदैन । डायलासिसलाई सुलभ बनाउन के गर्नुपर्छ ? सरकारले डायलासिस गर्न स्वीकृति दिएपछि अग्रिम पैसा दिनुपर्छ । प्रोत्साहन गर्न कार्यक्रम ल्याउनुपर्छ । ग्रामीण भेगमा पनि डायलासिस गर्ने वातावरण सरकारले मिलाउन जरुरी छ । किनभने उपचारमा धेरै खर्च लाग्ने गरेको छ । सरकारले डायलासिसमा खर्च गर्छ । तर चेतना जगाउन खर्च गरेको छैन । त्यसमा सरकारले विचार गर्नुपर्छ । एक व्यक्तिको मानव अंग कति समयसम्म अर्कोमा प्रत्यारोपण गरिसक्नु पर्छ ? यो सकेसम्म चाँडै गर्नुपर्छ । होइन भने त्यसले काम गर्दैन । सबै अंग एकैचोटि निकाल्न सम्भव छ । अन्तिममा मुटु निकाल्नुपर्छ । त्यसका लागि सातजना विशेषज्ञको आवश्यकता पर्दछ । नेपालमा मुटु, कलेजो र मिर्गौलालगायत वस्तु एकैचोटि निकाल्ने व्यवस्था भइसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)