ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपभोक्ता अधिकार दिवसको अवसरमा विभागले आयोजना गरेका कार्यक्रम

Mar 15, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आर्थिक अभियान
  • माघ ३० गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उपभोक्ता संस्थाहरूको सहकार्यमा काठमाडौं उपत्यकाका कोटेश्वर, महाराजगञ्ज, कलंकी, बालाजु, चावहिल, रत्नर्पाक, कालीमाटी, नयाँ बानेश्र, सातदोबाटो, भक्तपुर लगायत स्थानमा उपभोक्ता जागरणसम्बन्धी ब्यानर, प्लेकार्ड, पर्चा, पम्प्लेट, माइकिङसहित प्रचार–प्रसार ।
  • माघ ३० गते दिउँसो १ बजे सरोकारवाला निकायसँग उपभोक्ता अधिकारसम्बन्धी विषयमा छलफल ।
  • माघ ३० गते बिहान/बेलुकी विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा परिसंवाद कार्यक्रम सञ्चालन ।
  • चैत १ गते बिहान ७ः३० बजे सबै सरोकार निकायको सहभागितामा ब्यानर तथा प्लेकार्डसहित विभागको प्रांगण, बबरमहलदेखि हीरा प्यालेस तथा ब्यांक्वेट (कृष्णटावर अगाडि) नयाँ बानेश्वरसम्म प्रभावफेरी गर्ने ।
  • सोही दिन बिहान ९ देखि दिउँसो १२ बजेसम्म उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको प्रमुख आतिथ्यमा नयाँ बानेश्वरस्थित हीरा प्यालेस तथा ब्यांक्वेटमा विश्व उपभोक्ता अधिकार दिवस मूल समारोह समितिको कार्यक्रम गर्ने ।
  • सबै प्रदेश तथा स्थानीय तहमा ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार ः हामी सबैको सरोकार’ राष्ट्रिय नारासहित पदाधिकारी, कर्मचारी, शिक्षक, उपभोक्ताकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा आम उपभोक्ताको सहभागितामा विविध चेतनामूलक कार्यक्रम तथा प्रभातफेरी, र्‍याली, प्रवचन, अन्तरक्रिया लगायत प्रचार प्रसारका कार्यक्रम सञ्चालन गर्न गराउन अनुरोध गर्ने ।
  • सबै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण संरक्षण कार्यालयलाई पनि उपयुक्त नारा तथा कार्यक्रमसहित आ–आफ्नो क्षेत्रमा विश्व उपभोक्ता अधिकार दिवस मनाउन निर्देशन दिने ।
  • विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ता लक्षित विभिन्न जनचेनामूलक कार्यक्रम सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायत उपभोक्ता संस्थालाई आह्वान गर्ने ।
  • वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विश्व उपभोक्ता अधिकार दिवस–२०१९ का लागि तय गरिएको राष्ट्रिय नारा ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैको सरोकार’लाई वर्षभर नै आफ्नो औपचारिक पत्राचार गर्ने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)