ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरू

२०७७ फागुन, १४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जाजरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजनाका लागि सडक निर्माण तीव्र बनाउन लागिएको छ । जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरू गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।

झण्डै ३८ करोड १० लाखको लागत अनुमानअनुसार काम शुरू गर्न लागिएको प्रदेशसभा सदस्य शाहीले बताए । त्रिवेणी, नर्कु सर्मी हुँदै जुम्ला जोड्ने मुख्य सडकका रूपमा रहेको यो सडकको निर्माण कार्यको शुरुआतसँगै नयाँ ढोका खुलेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकासँगै छिमेकी जिल्ला जुम्लासँग सडक जोड्ने मद्दत पुग्ने शाहीको भनाइ छ । यो सडक खण्डमा अब बाँकी ११ किलोमिटर काम तत्काल शुरू गर्न लागिएको हो । त्यस्तै यही सडकखण्डको जाजरकोट, रुकुम पश्चिम आठबीसकोट नगरपालिका र डोल्पाको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माणका लागि बोलपत्र भएर काम शुरू गर्न लागिएको छ । जगदुल्ला जलविद्युत् कम्पनीले सो ठेक्का खोलेको थियो । त्यस्तै काइगाउँ, जगदुल्ला गाउँपालिका–४ को बालुवाकुना र जगदुल्ला गाउँपालिका–२ जोड्ने पक्की पुलको निर्माणका लागि डिपिआर (विस्तृत आयोजना प्रतिवेदन)को काम शुरू भई निकट भविष्यमा पुल निर्माण शुरू गरिनेछ । डोल्पाको दुनैसम्म सडक निर्माण भएर यातायातका साधन सञ्चालनमा आए पनि तल्लो डोल्पाकै दुई स्थानीय तहभित्र सडक निर्माण नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन । जगदुल्लाको काइगाउँमा बाँध र मुड्केचुलाको इलमा विद्युत् उत्पादन गृह निर्माण हुन लागेको र अर्को नयाँ जलविद्युत् आयोजनाका लागि प्रक्रिया शुरू भएसँगै सडक निर्माण तत्काल गर्न दबाब परेको हो । आयोजनाको डीपीआरको काम सम्पन्न भएको छ । डीपीआर सकिएलगत्तै आयोजना निर्माणको कुल लागत १९ अर्ब ९० करोडको लाग्ने अनुमान गरिएको छ । २२ अर्बबाट लागत रकम घटेर १९ अर्बमा झरेको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए ।

३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले बताएको छ ।  रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)