ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, १ चैत २०७७)

२०७७ चैत, १  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

यस कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रु. २ करोड ७४ लाख खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३५ प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीको आम्दानी ३४ दशमलव ८७ प्रतिशत बढी भएकाले नाफामा वृद्धि भएको हो ।

यस वर्ष कम्पनीले रु. ५ करोड २६ लाख आम्दानी गरेको हो । यस वर्ष कम्पनीले रु. ५७ करोड ६८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यस वर्ष कम्पनीले ७१ हजार ८९१ बीमालेख जारी गरेको छ । गत वर्ष सो अवधिसम्म कम्पनीले ५० हजार ९०० बीमालेख जारी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब २ करोड ८१ लाख रहेको छ भने जगेडा कोष रकम रु. ९ करोड ८१ लाख रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. २ दशमलव ६७ र प्रतिशेयर नेटवर्थ रु. १४१ दशमलव ७७ रहेको छ । फागुन २६ गते कम्पनीको अन्तिम शेयर मूल्य रु. ६५० कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव २१ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १० दशमलव ६६ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने औसत मूल्यरेखालाई काटेको छ । बुधबारको शेयर मूल्य रु. ६५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ६२९ मा टेवा पाउने र महँगिए रु. ६७४ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)