कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ८१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी रु. १४ करोड ९५ लाख ३६ हजार रहेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी रु. १७ करोड ६१ लाख ६९ हजार पुग्नेछ ।
सोमवार कम्पनीको शेयर मूल्य रु. २ हजार ८६ कायम भएको छ । यस दिन कम्पनीको ८१५ कित्ता शेयर खरीद विक्री भएको छ ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ८६ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४९ दशमलव ४९ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयर मूल्य रु. २ हजार ८६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार ६५ मा टेवा पाउने र महँगिए रु. २ हजार २०८ मा प्रतिरोध पाउने देखिन्छ ।