कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६ करोड ८२ लाख रहेको छ । ३ प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. १ अर्ब १० करोडभन्दा बढी पुग्नेछ । बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६४२ कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा १३ रुपैयाँले घटेको हो ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन कालो ओपनिङ मारूबोजु बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव शून्य २ विन्दुमा छ । यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव १९ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्य रेखा यी दुवै मूल्य रेखाको बीच छ । बिहीवारको शेयर मूल्य रू. ६४२ बाट बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ६३० मा टेवा पाउने र महँगिएमा रू. ६६१ मा प्रतिरोध पाउने देखिन्छ ।