कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्न कम्पनीले अगाामी चैत २७ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि शेयरधनीदर्ता पुस्तिका चैत १७ गते देखि २७ गतेसम्म बन्द रहनेछ । चैत १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १० करोड २६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ८ करोड ७४ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । बिहीवार कम्पनीको शेयर मूल्य रू. ८४९ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ड्रागनफ्लाई डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने वा बढ्नेमा अन्योल संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ७६ विन्दुमा छ । यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव २५ विन्दुमा छ ।
उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा नजिकिएका छन् ।
हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. ८४९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ८३० मा टेवा पाउने र महँगिएमा रू. ८६६ मा प्रतिरोध पाउने देखिन्छ ।