ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उन्नति सहकार्य लघुवित्त : कम्पनी विश्लेषण (सोमवार, १६ चैत २०७७)

२०७७ चैत, १६  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले बोनस शेयर र एफपीओ जारी गर्ने प्रस्ताव गर्दै चैत ३१ गते छैटौं वार्षिक साधारणसभा बोलाएको छ । होटेल पौवा भैरहवा, रूपन्देहीमा बिहान १० ः ३० बजे कम्पनीले सभा बोलाएको हो ।

कम्पनीले यस वर्ष १७ दशमलव ८१ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पूँजी रू. १४ करोड ९५ लाख ३६ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने तयारी कम्पनीले गरेको हो । उक्त बोनसपछि कायम शेयर स्वामित्वमा सर्वसाधारणतर्पm ३० प्रतिशत कायम गर्न रू. १ करोड ३७ लाख २८ हजार बराबरको एफपीओ जारी गर्ने प्रस्तावसमेत सभाका लागि तय भएको छ ।

साधारणसभाका लागि कम्पनीले चैत १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ७२ लाख ४० हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव १८ रहेको छ ।

पछिल्लो कारोबार दिन चैत १३ गते कम्पनीको अन्तिम शेयर मूल्य रू. २ हजार ५१० कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६८ दशमलव शून्य १ बिन्दुमा छ ।

यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ९५ दशमलव ६० बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा नजिक छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीवारको शेयर मूल्य रू. २ हजार ५१० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रू. २ हजार २७२ मा टेवा पाउने र महँगिए रू. २ हजार ५५८ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)