ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसान लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, १६ चैत २०७७)

२०७७ चैत, १६  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले एफपीओ निष्कासन गर्न मर्चेण्ट बैंकहरूसँग कोटेशन माग गरेको छ । कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्न इच्छुक एफपीओ जारी गरिसकेका अनुभवी क्यापिटल मार्केटले आप्mनो कम्पनीको प्रोफाइलसहित दररेट केटेसन पेश गर्न आह्वान गरेको छ ।

किसान लघुवित्त एनआरएन लघुवित्त वित्तीय संस्था र किसान माइक्रोफाइनान्स गाभिएपछि बनेको कम्पनी हो । यी दुई कम्पनीसँग गाभिनुअघि एनआरएन लघुवित्त वित्तीय संस्थाले क्रिएटिभ लघुवित्त र रामारोशन लघुवित्तलाई गाभेको थियो ।

सूचीकृत कम्पनीले सूचीकृत नभएका कम्पनीहरूलाई गाभेपछि शेयर संरचना मिलाउन किसान लघुवित्तले एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले चैत २९ गते साधारणसभा बोलाएको छ ।

साधारणसभाको प्रस्तावमा आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै, सभाले कम्पनीसँग गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने र उपयुक्त कम्पनी खोजी मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र लामो पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्दो प्रवृत्तिमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६१ दशमलव ८६ बिन्दुमा छ ।

यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८३ दशमलव ६० बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी हुने गर्छ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमबारको शेयर मूल्य रू. १ हजार ६८९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रू. १ हजार ५७० मा टेवा पाउने र महँगिए रू. १ हजार ७३५ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)