कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५ करोड ६२ लाख रहेको छ । १० प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. १ अर्ब १६ करोड १९ लाख पुग्नेछ । बिहीवार कम्पनीको शेयर मूल्य रू. ८८७ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप आकृति बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य अनिश्चित रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५१ दशमलव ५० विन्दुमा छ । यसले शेयर किनबचे चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव ५२ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. ८८७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ८३२ मा टेवा पाउने र महँगिएमा रू. ८९९ मा प्रतिरोध पाउने देखिन्छ ।