कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २९ गते साधारणसभा बोलाएको छ । सभा होटेल राजदरबारको सभाहल धनुषामा हुने कम्पनीले जानकारी गराएको छ । चैत १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीको शेयर मूल्य बिहीवार रू. १ हजार ७८५ पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २५ रुपैयाँले कमी आएको हो । यस दिन कम्पनीको ५ हजार ४९९ कित्ता शेयर किनबेच भएको हो ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छर भएको लामो कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्दो अवस्थामा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५८ दशमलव १२ बिन्दुमा छ ।
यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३७ दशमलव ९८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
बिहीवारको शेयर मूल्य रू. १ हजार ७८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रू. १ हजार ६२९ मा टेवा पाउने र महँगिए रू. १ हजार ८०८ मा प्रतिरोध पाउने देखिन्छ ।