कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १४ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २०३ कायम भएको हो । यस दिन कम्पनीको २४ हजार ६१८ कित्ता शेयर किनबेच भएको छ ।
कम्पनीले चैत १६ गतेदेखि शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न शुरू गरेको छ । कम्पनीले चैत १३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित प्रतिशेयर रू. ४० का दरले नगद लाभांश बैंक खातामा जम्मा गरिदिने जानकारी गराएको हो । साधारणसभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामै जम्मा हुने कम्पनीले उल्लेख गरेको छ ।
हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगरेका शेयरधनीले आफैलाई पायक पर्ने निक्षेप सदस्यकहाँ हितग्राही खाता खोली शेयर यथाशीघ्र छिटो अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा हुनेछ । बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बद्ध बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भए सो शुल्क शेयरधनीले नै बेहोर्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारूबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्दो प्रवृत्तिमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४२ दशमलव शून्य २ बिन्दुमा छ ।
यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १७ दशमलव २७ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
सोमवारको शेयर मूल्य रू. १ हजार २०३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रू. १ हजार १४५ मा टेवा पाउने र महँगिए रू. १ हजार २४७ मा प्रतिरोध पाउने देखिन्छ ।