ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनरल इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, २२ चैत २०७७)

२०७७ चैत, २२  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३० प्रतिशतले कमी आएको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ७२१ म कायम भएको हो । यस दिन कम्पनीको ४३ हजार ७५४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रु. ३ करोड ६४ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रु. १ करोड ४० लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. ७ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रु. ११४ दशमलव ८४ रहेको छ ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ ।

यद्यपि भोल्युमले भने बिहीबारको मैनबत्तीलाई साथ दिएको छैन । आरएसआई न्युट्रल जोन ६६ दशमलव ७६ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४४ दशमलव १८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै। कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ७२१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७०० मा टेवा पाउने र महँगिए रु. ७३८ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)