कम्पनीको शेयर मूल्य बिहीबार रु. २३१ कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा १३ रुपैयाँले वृद्धि भएको हो । यस दिन कम्पनीको १ लाख १६ हजार ८३८ कित्ता शेयर खरिद बिक्री भएको छ ।
कम्पनीले शेयरधनीलाई आव ०७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । चैत २३ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी रु. २ अर्ब ६० करोड ६६ लाख रहेको छ । ५ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. २ अर्ब ७३ करोड ६९ लाखभन्दा बढी पुग्नेछ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रु. ८ करोड २४ लाख थियो ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७२ दशमलव ६७ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७ दशमलव शून्य ५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
बिहीबारको शेयर मूल्य रु. २३१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २१२ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको मूल्य ६० दिनयताकै उच्च कायम भएको हो ।