ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्रीन डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (आइतवार, २९ चैत २०७७)

२०७७ चैत, २९  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीको शेयर मूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार ३ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ७९ कायम भएको छ । यस दिन कम्पनीको १५ हजार ११६ कित्ता शेयर खरिद बिक्री भएको हो ।

कम्पनीले शेयरधनीलाई पहिलो पटक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ३ दशमलव ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले आज शनिबार साधारणसभा बोलाएको छ । चैत १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको हालको प्रवृत्ति निरन्तर हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५८ दशमलव ८५ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५ दशमलव ५४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीबारको शेयर मूल्य रु. १७९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १७५ मा टेवा पाउने र महँगिए रु. १८९ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)