कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रु. १ करोड ६३ लाख ३९ हजार खुद नाफा गरेको छ । कम्पनीले दोलखा जिल्लामा निर्माण गरिरहेको ११ मेगावाट क्षमताको तल्लोखारे खोला जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएको छ ।
यस कम्पनीले २४ दशमलव २२ मेगावाट क्षमताको इङ्खु खोला जलविद्युत् आयोजनाको अध्ययन पनि गरिरहेको छ भने ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौतासमेत गरिसकेको जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी रु. २ अर्ब १० करोड ३ लाख ५० हजार छ । दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चित नाफा अर्थात् जगेडा कोष रकम रु. ११ करोड ७८ लाख ५२ हजार रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रु. १ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रु. १०५ दशमलव ६१ रहेको छ । पछिल्लो कारोबार दिन चैत २६ गते कम्पनीको अन्तिम शेयर मूल्य रु. १७३ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छरसहितको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्दो अवस्थामा रहेको संकेत गर्छ ।
आरएसआई ओभरबौज्ट जोन ७१ दशमलव ७८ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १२ दशमलव ३५ विन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. १७३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १५० मा टेवा पाउने र महँगिए रु. १८१ मा प्रतिरोध पाउने देखिन्छ ।