कम्पनीले हालसम्म विद्युत् विक्रीबाट आम्दानी गरेको छैन् । कम्पनीले रसुवागढी जिल्लामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनासमेत गरी कुल ५७ दशमलव ३ मेगावाट क्षमताको दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
हालसम्मको भौतिक प्रगति माथिल्लो साञ्जेनको ८९ प्रतिशत र साञ्जेन जलविद्युत्को ७८ प्रतिशत समग्रमा निर्माण सम्पन्न भएको कम्पनीको भनाइ छ । हालसम्मको कार्यप्रगतिअनुसार माथिल्लो साञ्जेन जलविद्युत् आयोजना ०७८ पुस मसान्तमा र साञ्जेन जलविद्युत् आयोजना ०७९ असार मसान्तभित्र सम्पन्न भई सञ्चालनमा आउने अनुमान कम्पनीले गरेको छ ।
साञ्जेन जलविद्युत् कम्पनी यस आर्थिक वर्षको ६ महिनासम्म रु. १ करोड ३४ लाख ४८ हजार नोक्सानीमा रहेको हो । खुद नोक्सानीमा रहेको कम्पनीको जगेडा कोष रकम पनि रु. १४ करोड ९१ लाख ८ हजार ऋणात्मक रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी रु. ३ अर्ब २८ करोड ५० लाख रहेको छ । पछिल्लो कारोबार दिन कम्पनीको अन्तिम मूल्य रु. ४७६ रहेको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको हालको प्रवृत्तिमा निरन्तर हुने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८० दशमलव ९४ बिन्दुमा छ ।
यसले शेयर खरिदचाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २६ दशमलव ४० बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ ।
यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
बिहीबारको शेयर मूल्य रु. ४७६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३५० मा टेवा पाउने र महँगिए रु. ४९० मा प्रतिरोध पाउने देखिन्छ ।