कम्पनीले चैत २७ गते गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रु. १ करोड ४० लाख ६३ हजार खुद नाफा गरेको थियो ।
हाल रु. १ अर्ब ३८ करोड ५९ लाख ११ हजार चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष रकम रु. ३२ करोड ४७ लाख ६५ हजार ऋणात्मक रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले रु. ५ करोड ४५ लाख ५ हजार आम्दानी गरेको छ भने व्यवस्थापकीय शीर्षकमा रु. ५४ लाख ३६ हजार खर्च गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रु. २ दशमलव ७७ र प्रतिशेयर नेटवर्थ रु. ७६ दशमलव ५७ रहेको छ । पछिल्लो कारोबार दिन चैत २६ गते कम्पनीको अन्तिम शेयर मूल्य रु. १७२ रहेको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको हालको प्रवृत्ति उल्टिने संकेत गर्छ । आरएसआई न्युट्रलजोन ६० दशमलव ७२ बिन्दुमा छ ।
यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५ दशमलव ९६ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. १७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १६६ मा टेवा पाउने र महँगिए रु. १८४ मा प्रतिरोध पाउने देखिन्छ ।